चितवनमा बिहान ६ बजेदेखि २ बजेसम्म मात्र दुवानीका साधन चलाउन पाईने

चितवनमा बिहान ६ बजेदेखि २ बजेसम्म मात्र दुवानीका  साधन चलाउन पाईने

चितवन । चितवनमा जारी निषेधाज्ञालाई कथ कडाईगर्ने चितवन प्रशासनले निर्णय गरेको छ । यस अघि निर्माण सामग्री स्वतस्र्फुत रुपमा संचालन गर्न दिँदै आएको चितवन प्रशासनले अबदेखि ढुवानीका साधन संचालनमा थोरै परिवर्तन गर्ने निर्णय गरेको छ ।

चितवनभित्रका निर्माण साम्रगी दुवानी गर्ने सवारी साधन बिहान ६ बजेदेखि दिउँसो २ बजेसम्म मात्रै संचालन गर्न पाईने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले आज आदेशमा संसोधन गर्दै यस्तो निर्णय गरेका हुन । साथै प्रशासनले राजमार्ग भई अन्य जिल्लामा जाने मालबाहक सवारी साधन, निर्माण सामग्रीका सवारी साधन र खाली फिर्ता हुने सवारी साधन चितवनमा नरोकिने गरी संचालन गर्न पाइने भनेर निर्णय गरेको छ ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्नको लागि चितवन जिल्लाभरी लागु हुने गरी वैशाख ३१ गतेदेखि जेठ १३ गतेसम्म निषेधाज्ञा जारी गरेको छ ।

 



ट्रेन्डिङ