चितवनमा एकैदिन दशजना कोरोना संक्रमितको मृत्यु

चितवनमा एकैदिन दशजना कोरोना संक्रमितको मृत्यु

चितवन । पछिल्लो २४ घण्टामा चितवनमा दशजना कोरोना संक्रमितको मृत्युभएको छ ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर अस्पतालमा ३ जना, चितवन मेडिकल कलेजमा ५ जना, कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज ) मा १ जना र अन्य अस्पतालमा १ जनाको मृत्यु भएको हो । त्यसैगरी स्वास्थ्य कार्यालयका अनुसार चितवनका अस्पतालका आईसीयूमा २ सय ४० जना, भेन्टिलेटरमा ४९ जना, एचडीयूमा ६३ जना कोरोनाका बिरामीहरुको उपचार भइरहेको छ । योसँगै चितवनका सबै अस्पतालहरुमा ४ सय ३० जना कोरोना संक्रमितहरुको उपचार भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

 



ट्रेन्डिङ