नेपालमा पनि अक्सिजनको अभाव देखिदैं

नेपालमा पनि अक्सिजनको अभाव देखिदैं

काठमाडौँ । बिरामीहरुको उपचारमा आवश्यक अक्सिजनको अभाव भएपछि अस्पतालहरुले धमाधम नयाँ बिरामीको उपचार गर्न नसकिने बताएका छन् ।

मंगलबार काठमाडौंको जोरपाटीस्थित केएमसी अस्पतालले अक्सिजन सप्लाई गर्ने संस्थाको मेसिन बिग्रिएकाले तत्काल अक्सिजन उपलब्ध नहुने सम्भावना भएकोले अस्पतालमा अक्सिजन अपुग हुने बताएको छ । अस्पतालले एक विज्ञप्तिमार्पत बिरामीहरुलाई आफ्नो व्यवस्था गर्नका लागि सजग गराएको छ । अक्सिजनको अभावकै कारण बिरामीहरुलाई डिस्चार्ज गर्न लागिएको र सम्बन्धित निकायहरुलाई खबर पुर्‍याइएको पनि अस्पतालले एक जनाएको छ ।

 

यस्तै, ललितपुर भैंसेपाटीस्थित मेडिसिटी अस्पतालले पनि कोभिड र नन कोभिड बिरामीको उपचारमा प्रतिदिन ४५० देखि ५ सय सिलिण्डर अक्सिजन चाहिनेमा सरकारबाट जम्मा १०० सिलिण्डर प्राप्त भएको जनाएको छ । मेडिसिटीले अक्सिजन अभाव भएपछि स्वास्थ्य मन्त्रालय,सिसएमसी, सम्बन्धित निकायहरुलाई अक्सिजनको सहज आपूर्ति मिलाउन अपिल गरेको छ ।

 



ट्रेन्डिङ