विद्यार्थीको चापबढेसँगै शमीपुर स्कुललाई कालिका नगरपालिकाले दियो स्कुल बस

विद्यार्थीको चापबढेसँगै शमीपुर स्कुललाई कालिका नगरपालिकाले दियो स्कुल बस

चितवन । विद्यार्थीको चापबढेसँगै आधारभूत विद्यालय शमीपुरले स्कुल बस पाउन सफल भएको छ । कालिका नगरपालिकाले स्कुल बस सहयोग गरेको हो । शनिवार एक कार्यक्रमका बीच नगरप्रमुख खुमनारायण श्रेष्ठले औपचारिक रुपमा विद्यालय व्यवस्थापन समितिलाई बस हस्तान्तरण गर्ने कार्यक्रम छ ।
३१ लाख ७५ हजार रुपैयाँ पर्ने  स्कुलबसमा ४१ वटा सिट छ । उक्त बस किन्न कालिका नगरपालिकाले २९ लाख रुपैयाँ आर्थिक सहयोग दिएको छ । बाँकी २ लाख ७५ हजार स्कुलले व्यवस्थापन गर्नुपर्ने छ ।

निजी स्कुललाई समेत पछाडी पार्नेगरी व्यवस्थापन गरिएको स्कुलमा भर्ना हुन विद्यार्थीबीच होडबाजी नै छ । विद्यार्थी र अभिभावकको रोजाईमा पर्दै गएको यो स्कुलमा अझैपनि शिक्षक दरवन्दीको अभाव कायमै छ । शैक्षिक स्तर राम्रो भएपनि स्कुलको आर्थिक पाटोभने निकै कमजोर छ । विद्यार्थीको चापको आधारमा नगरपालिकाले स्कुल बस दिएपनि स्कुलले तिर्नुपर्ने बाँकी रकमको जोहोगर्न हम्मे हम्मे पर्ने छ । विद्यालयको आफ्नै आम्दानीको श्रोत नभएकाले स्कुलले तिर्नुपर्ने रकमको जोहो गर्न विद्यालयलाई कठिननै हुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोम बहादुर खड्काले बताउनुभयो ।

लामो समयको संघर्षपछि स्कुलमा स्कुल बस ल्याउन सफलभएकोमा वडा अध्यक्ष लिला बहादुर गुरुङले खुशी व्यक्त गर्नुभयो । विद्यालयको व्यवस्थापन र यसको विकासका लागि वडा अध्यक्ष गुरुङ आफैपनि सक्रिय भएर जुृट्दै आउनुभएको छ ।

बस हस्तान्तरणपछि नगरप्रमुख श्रेष्ठले शमीपुर स्कुलको शैक्षिक स्तरबृद्धी गर्न स्कुलबसले ठूलो सहयोग पुग्ने बताउनुभयो । नगरक्षेत्रकै उत्कृष्ठ यो विद्यालय यसैगरी गुणस्तरलाई ख्यालगर्दै जान सके जिल्लाकै नमुनास्कुल छिट्टै हुने उहाँको भनाई थियो । शमीपुर स्कुलमा कालिका नगरपालिकाको वडा नं. १ देखि ७ न.ं वडा सम्मका विद्यार्थीहरु अध्ययन गर्न आउने गरेका छन् ।

आगामी शैक्षिक सत्र २०७८ देखि भरतपुरवाट पनि विद्यार्थीहरु अध्ययन गर्न आउँदैछन् । भरतपुरका केहि विद्यार्थीहरु आगामी शैक्षिकसत्रका लागि भर्ना भइसकेको विद्यालयका प्रधानाध्यापक धर्मेन्द्रजंग रायमाझीले जानकारी दिनुभयो । विद्यालयमा अहिले ४ सयबढी विद्यार्थी छन् । यो सरकारी विद्यालय हो ।

 

 



ट्रेन्डिङ