नेपाल सरकार र विप्लव नेनृत्वबीच ३ बुद्धे सहमति पत्रमा हस्ताक्षर

नेपाल सरकार र विप्लव नेनृत्वबीच ३ बुद्धे सहमति पत्रमा हस्ताक्षर

काठमाण्डौं । सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच तीनबुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ । राष्ट्रिय सभागृहमा शुक्रबार आयोजित हस्ताक्षर कार्यक्रममा सरकार र विप्लव नेतृत्वको नेकपा पार्टीका वार्ता टोलीका सदस्यहरूले तीन बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।

सरकार र विप्लव समूहको नेपाल कम्युनिष्ट पार्टीबीच देशको राजनीतिक समस्यहरू वार्ता मार्फत समाधान खोज्ने, नेकपाले राजनीतिक क्रियाकलापहरू शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र सरकारले नेकपाका माथि लगाएको प्रतिबन्ध हटाई कारागारमा भएका नेता कार्यकर्ताको रिहाइ गर्ने सहमति भएको हो ।

यस्तो छ तीनबुँदै सहमति पत्र

१. दुवै पक्ष नेपाल सरकार तथा नेपाल कम्युनिष्ट पार्टी देशको राजनीतिक समस्याहरू वार्ता तथा संवादबाट समाधान गर्न सहमत भएका छौँ ।

२.आफ्ना सबै राजनीतिक क्रियाकलापहरू शान्तिपूर्ण रुपमा सञ्चालन गर्न सहमत भएको छ ।

३. सरकार नेपाल कम्युनिष्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध हटाउन, कारागारमा भएका नेता तथा कार्यकर्ताको रिहा गर्दै सम्पूर्ण मुद्दा खारेज गर्न सहमत भएको छ ।



ट्रेन्डिङ