उदयपुरको मोतिगडामा सुबिधासम्पन्न होटल सञ्चालनमा आउने

उदयपुरको मोतिगडामा सुबिधासम्पन्न होटल सञ्चालनमा आउने

उदयपुर । उदयपुर सदरमुकाम गाईघाट नजिकै मोतिगडामा सुबिधासम्पन्न होटल सञ्चालनमा आउने भएको छ । करिब १ करोड लगानीमा तयार पारिएको होटल ‘जे एण्ड एल फूडल्याण्ड एण्ड पार्टी भेन्यू’ यही शुक्रबार (फागुन १४ गते शुक्रबार) देखि सञ्चालन हुने भएको हो ।

गाईघाट बजारदेखि त्रियुगा पुल छेउको पेट्रोलपम्प नजिकै सञ्चालन हुने होटलले दैनिक सेवासँगै महिनामा एक पटक संगतिमय वातावरण रहने सञ्चालक श्रवणकुमार चौधरीले जानकारी दिए । जसमा बिभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहनेछ ।

सुन्दर, शान्त र पारीवारिक वातावरणमा लामो समय बिभिन्न देशको ‘तीन तारे, पाँचतारे’ होटलहरुमा समेत अनुभव लिइसकेका राम केसीलगायत सेफले सेवा दिने सञ्चालक चौधरीको भनाई छ । होटलमा कन्टिनेन्टल, नेपाली टिपीकल परिकार, चाइनिज, थकाली तथा बिभिन्न ब्राण्डका पेयपदार्थहरुसमेत उपलब्ध हुनेछ ।

त्यस्तै होटलमा आउने ग्राहकहरुका लागि फ्रि वाईफाई र फोटो खिचाउने बिभिन्न आकर्षक ‘व्याग्राउण्ड वालपेन्टिङ’हरुसमेत बनाइएका छन् । पर्याप्त पार्किङ, फास्ट सर्भिस, सभाहल र जन्मदिन, वार्षिकोत्सव जस्ता अवसरहरु मनाउन विशेष प्याकेजहरुसमेत उपलब्ध रहेको सञ्चालक चौधरीले बताए । यसैगरी ९८६०७५५१२५ मा सम्पर्क गरेर अग्रीम बुकिङसमेत गर्न सकिने व्यवस्थापक प्रदीपकुमार चौधरीले जानकारी दिए ।

कसरी पुग्ने ?
‘जे एण्ड एल फूडल्याण्ड एण्ड पार्टी भेन्यू’ सम्म पुग्न उदयपुर सदरमुकाम गाईघाट बजारदेखि केही मिटरको दूरी पार गर्नुपर्ने हुन्छ । पूर्व-पश्चिम मदनभण्डारी लोकमार्ग हुदै गाईघाट बजारको मेनचोक (ट्राफिक चोक)देखि सीधै दक्षिण अर्थात त्रियुगा बसपार्क–त्रियुगा पुल तरेपछि दाँयातिर पेट्रोलपम्प भेटिन्छ । त्यही पेट्रोलपम्पदेखि करिब २० मिटर अगाडि बढेर दाँयातिर मोडिएपछि पुग्न सकिन्छ ‘जे एण्ड एल फूडल्याण्ड एण्ड पार्टी भेन्यू’ ।



ट्रेन्डिङ