ओम शान्ति राष्ट्रिय आधारभूत विद्यालयलाई चारथान कम्प्युटर सहयोग प्राप्त

ओम शान्ति राष्ट्रिय आधारभूत विद्यालयलाई चारथान कम्प्युटर सहयोग प्राप्त

रत्ननगर । ओम शान्ति राष्ट्रिय आधारभूत विद्यालय रत्ननगरलाई चारवटा कम्प्यूटर सहसहयोग प्राप्त भएको छ । रत्ननगर १० बस्ने मिड ल्याण्ड मार्केटिङ सप्लायर्सका प्रोप्राइटर मनिष अधिकारी र रत्ननगर ४ स्थित शिवशक्ति सप्लायर्सका प्रोप्राइटर सन्देश विष्ठले कम्प्युटर सहयोग गरेका हुन । सहयोग प्राप्त कम्प्युटरलाई विहीवार मात्रै एक कार्यक्रमका बीच स्कुललाई हस्तान्तरण गरिएको विद्यालयकी प्रधानाध्यापक राधा चौधरीले जानकारी दिनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामेश्वर महतोको अध्यक्षतामा आयोजना गरिएको हस्तान्तरण कार्यक्रममा वडा नं. १ का वडा सदस्य ( कार्यवाहक अध्यक्ष ) बाबुराम गौतम, शिक्षक डा.बसन्त अधिकारी लगायतले विद्यालयको अवस्था र सम्भावनाको विषयमा बोल्नुभएको थियो ।

रत्ननगर १, निपनीमा रहेको यो स्कुलमा आदिवासी जनजाति र दलित समुदायका विद्यार्थीहरुको बाहुल्यता छ । हाल स्कुलमा २ सय ४२ जना विद्यार्थी अध्ययनरत्त छन् । विद्यालयमा कक्षा ५ सम्म पठनपाठन हुँदै आएको छ । यो सरकारी विद्यालय हो ।



ट्रेन्डिङ