पुरस्कार रकम पीडित परिवारलाई हस्तान्तरण

पुरस्कार रकम पीडित परिवारलाई हस्तान्तरण

चितवन । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) चितवनप्रतिनिधिएवम् पत्रकार दिपेन्द्र अधिकारीले मानवअधिकारको क्षेत्रमाउत्कृष्ट कार्य गरेवापतप्राप्त गरेको पुरस्कार पीडित परिवारलाई हस्तान्तरण गरेका छन् ।  पुरस्कार रकम राप्तीनगरपालिका २ का राजकुमार चेपाङको परिवारलाई हस्तान्तरण गरिएको हो ।

इन्सेकले यस वर्ष उत्कृष्ट जिल्लाप्रतिनिधिको रुपमाचितवनजिल्लाप्रतिनिधिदिपेन्द्र अधिकारीलाई सम्मानएवम् सातहजार नगद सहितपुरस्कृत गरेको थियो । मृतक राजकुमारको २ वर्षको छोरीएलिना चेपाङको शिक्षामाप्रयोग हुने गरी बालिकाको नाममाखोलिएको बैंक खातामा रकमजम्मागरिएको हो । जिल्ला समन्वय समितिचितवनकाप्रमुख कृष्णकुमार डल्लाकोटीमार्फत रकम हस्तान्तरण गरिएको हो । मानवअधिकारको क्षेत्रका सक्रियभइकाम गरेवापतपाएको पुरस्कार मानवअधिकार उलंघन भइ पीडित बनेका परिवारकालागिउपलब्ध गराउनु सह्रानीयकामभएको जिसस प्रमुख डल्लाकोटीले बताए । नेपालपत्रकार महासंघ चितवनशाखाकाअध्यक्ष राधेश्याम खतिवडाले सहयोग गरिएको रकमले प्रत्यक्ष रुपमाबालिकालाई उनको शिक्षादिक्षामाफाइदापुग्नेमाआफू विश्वस्त रहेको बताए ।

प्रजातन्त्रदिवसको दिनहेटौंडामा आयोजितइन्सेक मानवअधिकार वर्ष पुस्तक सार्वजनिकीकरण कार्यक्रममाप्रमुखअतिथिवागमतीप्रदेशकामुख्यन्यायधीवक्ताओमप्रसादथपलियाले नगद७हजार प्रमाण पत्र सहित सम्मानएवम् पुरस्कृत गरेकाथिए । जिल्लाको मानवअधिकार गतिविधिमा सक्रिय सहभागिताजनाएको, मानवअधिकारको पक्षमानिरन्तर वकालत गरेको र उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै जिल्लाप्रतिनिधिअधिकारीलाई सम्मानगरिएको इन्सेक वागमतीप्रदेश संयोजक कृष्ण गौतमले बताए ।

साउन १ गते चितवननिकुञ्ज सुरक्षार्थ खटिएका सेनाकाकर्मचारीको निर्घात कुटपीटबाट सख्त घाइते भएका २४ वर्षीय राजकुमारको साउन७गते उपचारकालागि भरतपुर लगिँदै गर्दा निधनभएको थियो । यस घटनाका आरोपीत सेनाका हुद्दा तहकाकर्मचारी चिरण वुढा जिल्लाअदालतचितवनको असोज २७गतेको आदेशले पूर्पक्षकालागिथुनामा छन् । यस घटनामा अन्य ६ जनामाथिपनि कुटपीट भएको थियो ।



ट्रेन्डिङ