ओलीलाई भरतपुरकी मेयरको जवाफः पिक्नीक खान जाने मेयरलाई फुर्सद छैन

ओलीलाई भरतपुरकी मेयरको जवाफः पिक्नीक खान जाने मेयरलाई फुर्सद छैन

पिविएम न्यूज –
भरतपुर । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले जनताको आन्दोलनका कारण संसद पुर्नस्थापना हुन सफल भएको बताएकी छिन् । भरतपुरमा प्रचण्ड नेपाल समुहले आज आयोजना गरेको विजयसभामा बोल्दै यस्तो बताएकी हुन । घमण्डी शासकले जनतालाई खेलौना ठानेर संसद विघटन गरेको दुई महिना नपुग्दै तानाशाही शासक जनता सामुह घुँडा टेक्न बाध्यभएको छ उनले भनिन ।

झण्डै एक महिना अघिमात्रै सोहि ठाउँमा प्रधानमन्त्री ओलीले मेयर दाहाललाई लक्षित गरी बोलेको विषय प्रति मेयर दाहालले आफुृ जनता र विकासको काममा मात्रै लाग्ने गरेको भन्दै टिप्पणी गरिन । यसैठाउँमा भएको भेलालाई संवोधन गर्दै ओलीले ‘भरतपुर महानगरकी मेयर पिक्नीक खान गएको भन्दै तुच्छ टिप्पणी गरेको थियो ’उनले भनिन ।

‘मेयर दाहालले भरतपुरमा काम गर्न थालेको चार वर्ष भयो । यो बीचमा कतै एउटा पिक्नीकमा गएको छैन ’– प्रधानमन्त्री ओलीलाई जवाफ दिँदै उनले थपिन । भरतपुरमा विकासको काम धमाधम भइरहेको र यो क्रम जारी रहने बताईन । आफुहरुकै पालामा भूमीहिनलाई जग्गाको मालिक बनाइने दावी गरिन । लालपुर्जा वितरणका लागि आवश्यक तयारी भइरहेको छ उनले भनिन ।
आज आयोजना गरिएको सभामा पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले संवोधन गर्ने कार्यक्रम थियो । सभालाई संवोधन गर्न उनीहरु हिजो मात्रै चितवन पुगेका थिए । सर्वोच्चको फैसला भएसँगै विजय सभालाई संवोधन नगरी काठमाण्डौं फर्कीएका हुन् । ((०० ))



ट्रेन्डिङ