ओली सेटिङ समाप्त भयोः सुरेन्द्र पाण्डे

ओली सेटिङ समाप्त भयोः सुरेन्द्र पाण्डे

पिविएम न्यूज-

चितवन । पूर्वं अर्थमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले ओली सेटिङ समाप्त भएको बताएका छन्। चितवनको भरतपुरमा नेकपा प्रचण्ड – माधव समूहले आज आयोजना गरेको विजय सभालाई संवोधन गर्दै ओली सेटिङ समाप्त भएको बताए ।

ओली सेटिङ जनताको पक्षमा नभएकाले हिजो बेलुकी नै प्रमाणित भइसक्यो स्थायी कमिटी सदस्य पाण्डेले भने । प्रचण्ड – नेपाल पक्षका नेता पाण्डेले प्रतिनिधि सभा पुर्नस्थापनाको निर्णयले फेरि आशा थपिएको बताए । जनतासँग गरिएको संकल्प पुरागर्न फेरि नयाँ अवसर मिलेको उनको भनाई छ । आफुहरु समाजवादकै बाटोमा जाने भन्दै नेता पाण्डेले समाजवादका लागि नेकपामाथी फेरि नयाँ जिम्मेवारी थपिएको जिकिर गरे ।

चितवन क्षेत्र नं. १ का सांसद समेत रहेका नेता पाण्डेले विघटन गरिएको संसद पुर्नस्थापनाको निर्णयले आफुहरु नै मुल पार्टी भएको दावी गरे । मुल पार्टी र चुनाव चिन्हको विषयमा निर्वाचन आयोगले फैसला गरिरहन नपर्ने बताउँदै नेता पाण्डेले वाटो विराएर ओलीको बाटोमा लागेका नेता कार्यकर्तालाई मूल घरमा आउन आग्रह गरे ।



ट्रेन्डिङ