भीमोदय नमुना माविले धुमधामसँग सरस्वती पुजा मनायो, ४८ जना नयाँ विद्यार्थी भर्ना भए

भीमोदय नमुना माविले धुमधामसँग सरस्वती पुजा मनायो, ४८ जना नयाँ विद्यार्थी भर्ना भए

कालिका । सरस्वती पुजाको अवसरमा भीमोदय नमुना माध्यमिक विद्यालय पदमपुरले विशेष कार्यक्रमको आयोजना गरेको छ । स्कुल परिसरमै आयोजना गरिएको कार्यक्रममा स्कुलका विद्यार्थीहरुले विभिन्न खालका सांस्कृतिक कार्यक्रम गरेका छन् ।

यसैगरी सरस्वती पुजाकै दिन ४८ जना नयाँ विद्यार्थीहरु भर्ना भएका छन् । उनीहरुलाई निशुल्क भर्ना गरिएको हो । स्कुलमा भर्ना भएका बाबु नानीहरुलाई स्टेशनरीका सामग्री सँगै विद्यालय पोशाक, स्कुल व्याग, 8.5 ” LCD Writing Tablet समेत निशूल्क वितरण गरिएको छ ।

( हेरौं स्कुलका गतिविधिहरु चित्रमा ।

 

 



ट्रेन्डिङ