शमीपुर स्कुलमा विद्यार्थीको चाप बढ्दै, भरतपुरवाट समेत भर्ना हुन आए

शमीपुर स्कुलमा विद्यार्थीको चाप बढ्दै, भरतपुरवाट समेत भर्ना हुन आए

पिविएम न्यूज-
कालिका । कालिका नगरपालिका स्थित आधारभूत विद्यालय शमीपुृरले आगामी शैक्षिकसत्र देखि कक्षा ९ को पठनपाठन संचालन गर्ने तयारी गरेको छ । कक्षा ८ सम्म पठन पाठन हुँदै आएको स्कुलमा विद्यार्थीको चाप बढ्दै गएको छ । पदमपुर र पुरानोवस्तीका विद्यार्थी अध्ययन गर्दै आएको स्कुलमा अबदेखि भरतपुरवाट समेत अध्ययनगर्न आउनेछन् ।

सरस्वती पुृजाको अवसरमा मंगलवार मात्रै भरतपुरका दशजना विद्यार्थी भर्ना भएका छन् । स्कुलले भरतपुरका विद्यार्थीका लागि सवारी साधनको व्यवस्थापन गर्दै छ । ‘भरतपुरबाट आउने विद्यार्थीका लागि बस पठाउनेछौं’– विद्यालयका प्रधानाध्यापक धर्मेन्द्रजंग रायमाझीले भन्नुभयो । विद्यार्थी र अभिभावको आर्कषण बढ्दै गएकाले आगामी शैक्षिक सत्रदेखि नै कक्षा ९ को पठनपाठन संचालन गरिने वडा नं. १ का वडा अध्यक्ष लिला वहादुर गुरुले बताउनुभयो । सरस्वती पुजाको दिन स्कुलमा अक्षरशुभारम्भ तथा शैक्षिक वितरण कार्यक्रममा बोल्दै अध्यक्ष गुरुङले कक्षा ९ संचालनका लागि आवश्यक प्रकृया सुरु भइसकेको जानकारी दिनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोम वहादुर खड्काको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा समाजसेवी रघुनाथ सापकोटा, सहारा घरको संयोजक कुसुम सहारा, मानवका लागि लागि मानव आश्रमका प्रकाश थापा, प्रधानाध्यापक धर्मेन्द्रजंग रायमाझी लगायतले बोल्नुभएको थियो ।

सोमवार मात्रै कालिकाका विभिन्न वडाबाट नर्सरीकक्षामा ५० जना नयाँ भर्ना भएका छन् । यसैगरी भरतपुरबाट दशजना गरी ८४ जना विद्यार्थी नयाँ भर्ना भए । कार्यक्रममा जापानबाट सहयोग गर्दै आएका यम खड्का ददिवल खड्का लगायतले सहयोग गरेको स्टेशनगरीका सामग्री नयाँ भर्ना भएका विद्यार्थीलाई वितरण गरिएको छ । यसैगरी यूएसएस साउण्ड सिस्टमका संचालक कालिका ६ का बाबु तामाङ र कालिका १ का उर्मिला स्याङतानले विद्यार्थीलाई कापि किताव बोक्न झोला सहयोग गरेको छ । यो सरकारी स्कुल हो । कक्षा ८ सम्म अध्ययन हुँदै आएको विद्यालयमा यस अघिनै ४ सय विद्यार्थी अध्ययनरत्त छन् । ((०))

 

 



ट्रेन्डिङ