सपना राेकामगर सरकारी विद्यालयमा, शमीपुर स्कुलमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति वितरण

सपना राेकामगर सरकारी विद्यालयमा, शमीपुर स्कुलमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति  वितरण

कालिका । सपना रोकामगरले गुणस्तरीय शिक्षा आजको आवश्यकता रहेको बताएकी छिन् । कालिका नगरपालिकाको वडा नंं १ स्थित आधारभूत विद्यालय शमीपुरमा आयोजना गरिएको छात्रवृत्ति वितरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । कार्यक्रमको प्रमुख अतिथि नै रोकामगर थिईन । उनि विश्वकै उत्कृष्ट सय महिलामा पर्न सफल भएकी १९ वर्षकी युवती हुन । उनलाई भेट्न र उनको कुरा सुन्न विद्यार्थी र अभिभावकहरूकोे राम्रो सहभागीता रहेको थियोे । सो अवसरमा विद्यालयमाा अध्ययनत्त ४ सय विद्यार्थीलाई शैक्षिक सामग्री संगै छात्रवृत्ति वितरण गरिएको थियोे । कालिका नगरपालिका सहित सामाजिक व्यक्तित्वहरु महेन्द्रसेन ठकुरी, पार्वती खनाल, वालकृष्ण अधिकारी, उमेश सापकोटा, सागर लामिछाने, कमल श्रेष्ठ लगायतले विद्यालयलाई नगद तथा शैक्षिक सामाग्री प्रदान गरेका थिए । नेपाल सिनियर क्लब इन जापानका सस्थापक याम खड्काले समेत बिधालयलाई नगद तथा पुस्तकालय सामाग्री प्रदान गरेका हुन् । हाल वैदेशिक रोजगारिको शिलशिलामा जापानमा रहनु भएका खड्काले बिधालयलाई पटक पटक सहयोग गर्दै आएका छन् । कार्यक्रममा जापान बाटै भि डि यो कल मार्फत जोडिएका खड्काले बिधालयको प्रगती देखेर खुशी व्यक्त गरे । आगामी दिनमा पनि सहयोग निरन्तर गरिरहने बताए । कार्यक्रममा हास्य कलाकार पवन न्यौपानेको वेजोड प्रस्तुति रहेको थियो । कार्यक्रममा वडा अध्यक्ष लिलावहादुर गुरूङले विद्यालय प्रगतिको मार्गमा पुगेको बताए । असल नेतृत्वका कारण प्रभावकारी व्यवस्थापनले विद्यालयको गुणस्तर प्रभावकारी बन्दै गएको बताए । विद्यालयलाई स्थानीय तहले पनि उच्च प्राथमिकतामा राखेको उनको भनाई छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोमवहादुर खड्काको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा स्थानीय युवा अभियन्ता सागर लामिछाने, विद्यालयका प्रधानाध्यापक धर्मेन्द्रजंग रायमाझी, नगर शिक्षा समितिका सदस्य पूर्ण पुरी लगायतले बोलेका थिए । कार्यक्रम विद्यालयका शिक्षक विशाल बुढाथोकीले संचालन गरेका थिए।
   



ट्रेन्डिङ