प्रथम खिचरा व्याडमिन्टन प्रतियोगीताको उपाधि पदमपुरलाई

प्रथम खिचरा व्याडमिन्टन प्रतियोगीताको उपाधि पदमपुरलाई

रत्ननगर । प्रथम खिचरा कप जिल्ला स्तरिय व्याडमिन्टन प्रतियोगीताको उपाधि पदमपुरका दीपेन्द्र चौधरी र शिव चौधरीको टिमले जितेका छन् । उपाधिसँगै नगद २५ हजार रुपैयाँ, कप, मेडल सहित प्रमाणपत्र प्राप्त गरेका छन् ।
यस्तै सौराहाका धनुस चौधरी र उमेशको  टिम द्धितीय र सिसुवारका चिरञ्जीवि र सरोजको टिम  तृतिय हुन सफल भएको छ ।

द्धितीयहुने टिमले नगद १५ हजार रुपैयाँ कप, मेडल सहित प्रमाणपत्र प्राप्त गरेका छन् भने तृतिय हुने टिमले कप, मेडल सहित प्रमाणपत्र प्राप्त गरेको आर्थिक संयोजक शरदकुमार चौधरीले जानकारी दिए ।  प्रतियोगीतामा पदमपुरका शिव चौधरी सर्बोत्कृष्ट खेलाडिको उपाधी पाउन सफल भए ।

थारु युथ स्पोर्टस, चितवनले खिचरा पर्वलाई लक्षित गरेर प्रतियोगीता आयोजना गरेको थियो । रत्ननगर ४ डेबौलीमा आयोजना गरिएको प्रतियोगीतामा १३ वटा टिमले भाग लिएका थिए ।
प्रतियोगीता सुरु हुनु अघि आयोजना गरिएको उद्घाटन कार्यक्रमका सहभागीहरुले खेलकुदको विकासवाट युवाशक्तिलाई एकजुट बनाउन सकिने बताएका थिए । स्वास्थ्य जीवनका लागि खेलकुद आवश्यक भएको भन्दै यस्ताखालका गतिविधिलाई निरन्तरता दिन समेत आयोजकलाई सुझाव दिएका थिए ।

एथलेक्टिस महासंघ नेपालका केन्द्रीय महासचिव धनवीर चौधरी प्रमुख अतिथि रहनुभएको कार्यक्रममा रत्ननगरका पूर्व मेयर कृष्णलामा, वडा सदस्य छन्नु चौधरी, पूर्व प्रहरी नायव निरीक्षक बुद्धिराम चौधरी लगायतले बोलेका थिए । कार्यक्रम प्रतियोगीताका संयोजक धनवीर चौधरीको अध्यक्षतामा आयोजना गरिएको थियो ।

 

 

 

 



ट्रेन्डिङ