प्रतिनिधिसभा विघटनको निर्णयलाई न्यायालयले बदर गर्नुपर्छ : रामचन्द्र पाैडेल

प्रतिनिधिसभा विघटनको निर्णयलाई न्यायालयले बदर गर्नुपर्छ : रामचन्द्र पाैडेल

चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको निर्णयलाई न्यायालयले बदर गर्ने विश्वास व्यक्त गरेका छन् । भरतपुर महानगरपालिकाले शनिबार आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको राष्ट्रियता, लोकतन्त्र र संविधानमाथि एकैपटक प्रहार गरेकाले न्यायालयले न्याय दिने विश्वास व्यक्त गरेका हुन् ।

उनले प्रतिनिधिसभा पुनर्स्थापना गरेर राष्ट्रियता, लोकतन्त्र र नेपाली जनतालाई न्याय दिन पनि आग्रह गरे । ‘म चितवनको यो सहिदभूमिबाट न्यायमूर्तिको सम्मान गर्दै सर्वोच्च अदालतलाई नेपालको राष्ट्रियता, लोकतन्त्र र नेपाली जनतालाई न्याय दिन आग्रह गर्दछु,’उनले भने ।

वरिष्ठ नेता पौडेलले संविधनामा धारा ७६ ९५० को प्रधानमन्त्रीले बाहेक प्रतिनिधिसभा विघटन गर्न नपाउने स्पष्ट व्यवस्था हुँदाहुँदै पनि कतै फैसला अन्तै जान्छ कि भन्नेमा आमनागरिकले शंका गरिरहेको समेत बताए । पौडेलले चुनावभन्दा ठूलो संविधान र लोकतन्त्र हुने स्पष्ट पारे ।

‘खेत भएमात्र अर्को पटक धान रोप्न पाइन्छ । खेतै नभएपछि कसरी धान रोप्ने रु त्यसैले पहिले संविधान जोगाऔं, लोकतन्त्र जोगाऔं,’ उनले भने। पौडेलले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको निर्वाचन नगराउने नियतका साथ संसद विघटन गरेको आरोप लगाए ।



ट्रेन्डिङ