भरतपुरमा क्यूमिन रेष्ट्रो एण्ड थाली किचनको औपचारिक शुभारम्भ

भरतपुरमा क्यूमिन रेष्ट्रो एण्ड थाली किचनको औपचारिक शुभारम्भ

भरतपुर । भरतपुरको चौविसकोठीमा रहेको क्यूमिन रेष्ट्रो एण्ड थाली किचनको औपचारिक शुभारम्भ गरिएको छ । समय नेपाल प्रहरीमा लामो समय सेवापछि निवृत्त भएकी कल्पना पौडेलले सो रेष्टुरेन्ट सञ्चालनमा ल्याएकीहुन् । रेष्टुरेन्टको राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति पार्वती रावल, प्रदश सांसद कञ्चन खनाल, प्रदेश सांसद पार्वती शिलवाल, प्रदेश सांसद रिना गुरुङ र भतपुर महानगरका उपमेयर पार्वती शाहले संयुक्त समुद्घाटन गरे । महिलाले संचालन गरेको व्यवसायलाई चितवनका अगुवा महिलाहरुले नै संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

सो अवसरमा राष्ट्रिय सरोकार तथा समन्वय समितीका सभापति पार्वती रावलले निवृत्त जीवनलाई व्यवसायीक रुपमा अघि बढाउने पौडेलको निर्णय सम्मानयोग्य भएको बताइन् । प्रहरी सेवामा रहँदा पौडेलले आफ्नो कर्तव्यलाई सबैभन्दा माथी राखी ज्यानकै बाजी लगाएको घटना सबैको मनमष्तिस्कमा ताजा रहेको भन्दै रावलले पौडेलको न्यायका लागि साथदिने बताइन् । होटल व्यवसाय सेवा मुलक व्यवसाय भएकाले पौडेल यसमा पनि सफल हुने उनले दावी गरिन् । यस्तै सांसद कञ्चन खनालले पौडेलले नेपाल प्रहरीमा सेवारत रहँदा भोगेको जोखिमयुक्त घटनाका बावजुत आत्मविश्वासका साथ अघि बढ्नु सबैका लागि उत्प्रेरक भएको बताइन् । यस्तै सांसद रिना गुरुङले पौडेलको जीवन आफैमा एक प्ररक प्रसंग बनेको उल्लेख गरिन् ।

नेपाल सरकारको कर्मचारी रहँदा सहज न्याय नपाएको अवस्था सरोकारवालाले स्विकार गर्नुपर्ने उनले जोड दिइन् । पौडेलको निवृत्त जीवन व्यवसायीक रुपमा अघि बढाउने कदमको प्रशंसा गर्दै सृजनशीलता कहिल्यै निवृत्त हुँदैन भन्ने प्रमाणित भएको बताइन् । कार्यक्रममा भरतपुर महानगरका उपमेयर पार्वती शाहले पौडेलले निविृत्त जीवनलाई उर्जाशील बनाउन सुरु गरेको कदम सबैका लागि उदाहरणिय बनेको बताइन् । सो अवसरमा होटल व्यवसायी संघ चितवनका उपाध्यक्ष केशव हडखोलेले यस व्यवसायमा पौडेल नयाँ भएपनि सामुहिक साथ सहकार्यको अभाव नहुने प्रतिवद्धता व्यक्त गरे ।

क्यूमिन रेष्ट्रो एण्ड थाली किचन कोरोनामहामारीका बीच लामो लकडाउनका कारण ढिला गरी उद्घाटन गरिएको सञ्चालक पौडेलले बताइन् । जीवनको २२ वर्ष नेपाल प्रहरीमा बिताएपछि फरक परिवेश र व्यवसायमा आफु अघि बढेकाले सबैको साथको अपेक्षा रहेको उनको भनाई थियो । टिकौली ढाट सार्ने विवादमा भएको आगजनी रोक्ने प्रयास गर्दा आफुले ज्यानको बाजी लगाएर कर्तव्य निर्वाह गरेपनि न्याय नपाएकाले न्यायको लडाई पनिजारी राखेको उनले जिकिर गरिन् । न्यायको लागि लड्नका लागि आत्मबल बढाउने सहयोगिहरु प्रति आभार व्यक्त गर्दै व्यवसायीक यात्रामा पनि साथ दिन आग्रह गरिन् । करिव एक करोडको लगानीमा क्यूमिन रेष्ट्रो एण्ड थाली किचन सञ्चालनमा ल्याइएको हो । रेष्टुरेन्टमा १२ जना कर्मचारी छन् ।



ट्रेन्डिङ