भीमवली सामुदायिक वनका अध्यक्ष मछिन्द्र पाण्डे सम्मानित

भीमवली सामुदायिक वनका अध्यक्ष मछिन्द्र पाण्डे सम्मानित

कालिका । उत्कृष्ट कार्य सम्पादन गरेकोमा भीमवली सामुदायिक वनका अध्यक्ष मछिन्द्र पाण्डे सम्मानित भएका छन् । डिभिजन वन कार्यालय चितवनले ९३ वटा सामुदायिक वनहरु मध्ये वन व्यवस्थापन तथा संरक्षणमा उत्कृष्ठ कार्य सम्पादन गरेको भन्दै भीमवली सामुदायिक वनका अध्यक्ष पाण्डेलाई सम्मान गरेको हो ।
आर्थिक वर्ष २०७६ र २०७७ को प्रथम पुरस्कार तथा सम्मानबाट उनलाई सम्मान गरिएको हो । पाण्डे भीमवली सामुदायिक वनका अध्यक्ष सँगै सामुदायिक वन उपभोक्ता समितिको अध्यक्ष तथा वरण्डाभार वन परिषद चितवनको वरिष्ठ उपाध्यक्ष हुन ।

 



ट्रेन्डिङ