एकवर्षको अवधिमा चितवनमा ५१ जना महिला बलात्कृत

एकवर्षको अवधिमा चितवनमा ५१ जना महिला बलात्कृत

चितवन । चितवनमा महिला हिंसाका घटना बढ्दै गएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक चितवनले सोमवार सार्वजनिक गरेको तथ्यांक अनुसार चितवनमा महिला हिंसाका घटनाहरु बढ्दै गएको देखाएको छ । खासगरी बलत्कारका घटनाहरु डरलाग्दो तरिकाले बढ्दै गएको तथ्यांकमा उल्लेख छ ।

इन्सेकले सार्वजनिक गरेको तथ्यांक अनृुसार चितवनमा मात्रै एकवर्षको अवधिमा ५१ जना महिला बलात्कृत भएका छन् । सबैभन्दाबढी बालिकाहरु बढी असुरक्षित रहेको देखिएको छ । इन्सेक जिल्ला संयोजक दीपेन्द्र अधिकारीका अनुसार सातामा एउटा बलात्कार हुने गरेको देखिन्छ । ५१ मध्ये ३६ जना बालिका छन् । जिल्लामा डेढ वर्षीय बालक सहित १३ जनाको हत्या भएको छ । ६ जना बालिका माथि बाल यौन दुर्व्यवहारको घटना भएको छ । त्यसैगरी बलात्कार प्रयासमा पाँच जना बालिका र ७ महिला परेका छन्

त्यस्तै बुहविवाहका घटनामा १४ जना महिला पीडित भएका छन् भने ३ महिलाले आत्महत्या गरेका छन् । यो एक वर्षमा ४ जना महिला बेचिएका छन् भने बम विस्फोट घटनामा विप्लवका १ पुरुष कार्यकर्ता पक्राउ परेका छन् । यस अवधिमा ३ महिला आत्महत्या दुरुत्साहनमा परेका छन् ।



ट्रेन्डिङ