साैराहामा बन्याे देशकै पहिलो बन्यजन्तु अस्पताल

साैराहामा बन्याे देशकै पहिलो बन्यजन्तु अस्पताल

साैराहा । चितवनको सौराहामा नेपालमा नै पहिलो पटक वन्यजन्तु अस्पताल सञ्चालन आएको छ । अस्पताल सञ्चालनमा आएसगैँ रोगी,अशक्त, घाईते वन्यजन्तुहरुले अब समयमै उपचार पाउने भएका छन् ।
चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर सौराहास्थित वन्यजन्तुको अस्पताल झण्डै ६ बर्षको अथक मिहिनेत पश्चात सञ्चालनमा आएको हो ।
अस्पतालका आवश्यक अत्यावश्यक उपकरण आएसगैँ सञ्चालनमा आएको अस्पतालको एक भव्य समारोहका विच नेपाल सरकारका वन तथा वातावरण मन्त्रालयका सचिव डा.विश्वनाथ ओली उद्धघाटन गर्नुभएको थियो ।
सो अवसरमा बोल्दै डा. ओलीले अस्पताल निर्माणले नेपालकै गौरव बढाएको भन्दै वन्यजन्तुको रोग पत्ता लगाउन सजिलो हुने बताउनुभयो । यस्तै उहाँले यो अस्पताल सौराहामा आउने पर्यटकहरुका लागि नयाँ व्राण्ड भएको भन्दै यसको सबै संरक्षण संम्बद्ध गर्नुपर्ने बताउनुभयो ।
यस्तै कार्यक्रममा बोल्दै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका निमित्त महानिर्देशक वेदकुमार ढकालले वन्यजन्तु रोगको अनुसन्धान गर्ने सिकाई र अनुसन्धान केन्द्र रुपमा समेत अस्पताल अगाडी बढाईने बताउनुभयो ।
दुई तल पक्की अस्पतालको ३ करोड ९० लाख ८४ हजार रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा.बाबुराम लामिछानेले जानकारी दिनुभयो ।
राष्ट्रिय प्रकृति संरक्षण कोष र अमेरिकाको डेनभर चिडियाखाना विश्व वन्यजन्तु कोषको सहयोगमा अस्पतालको भवन निर्माण भएको डा बाबुराम लामिछानेले बताउनुभयो ।
घाइते तथा बिरामी वन्यजन्तु उपचारका लागि यहाँ नेपालमै पहिलो वन्यजन्तु अस्पताल निर्माण गरिएको थियो ।
यस्तै चितवन राष्टिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थपन समितिका अध्यक्ष प्रकाश ढुगांनाले अस्पताल सञ्चालनले संरक्षणमा नयाँ आयाम थपेको प्रकाश पाुर्नभयो ।
विसं २०७१ फागुन २० गते दुई वर्षभित्र सम्पन्न गर्ने गरी तत्कालीन वनमन्त्री महेश आचार्यबाट शिलान्यास भएको यस अस्पताल करिब ६ वर्षमा निर्माण सम्पन्न भई सुरु भएको हो ।
अस्पतालमा चार चिकित्सक र सात प्राविधिक बस्ने कोठा, ओडिी, एक्स–रे कक्ष, प्रयोगशाला,अप्रेशन कक्ष, डिस्पेनसरी, पोटएवल एक्स रे र अल्ट्रा साउण्ड मेसिन, रगतको परिक्षण गर्ने स्वचालित मेसिन, रगतको जीव, रसायन परीक्षण जाँच गर्ने मेसिन, माईक्रोस्कोपसहितको ल्याब उपकारण, ग्याँसबाट लठाउने जस्ता सुविधासहितको अप्रेशन कक्ष रहेको छ । अस्पतालले हात्ती, बाघ, गैँडाजस्ता ठूला वन्यजन्तुको एक्स–रे देखि सम्पूर्ण शरीर परीक्षण गर्ने गरी अस्पताल सञ्चालनसँगै त्यसका लागि मुभिङ एक्स–रे मेसिन तथा क्वारेन्टाइनसम्म उपलब्ध गराउने चितवन राष्टिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताउनुभयो ।
बिरामी अथवा घाइते वन्यजन्तुलाई निको नहुञ्जेल अस्पतालमै राखिने र पूर्ण उपचारपछि प्राकृतिक बासस्थानमै लगेर छाडिनेसम्मको व्यवस्था पनि अस्पतालबाट हुने चितवन राष्ट्रिय निकुञ्जले जनाएको थियो ।



ट्रेन्डिङ