नारायणी पब्लिक कलेजको ११ कक्षाको परीक्षा आजदेखि सुरु – ( फोटोफिचर सहित )

नारायणी पब्लिक कलेजको ११ कक्षाको परीक्षा  आजदेखि सुरु – ( फोटोफिचर सहित )

चितवन । चितवनको भरतपुरमा रहेको नारायणी पब्लिक कलेजले आजदेखि कक्षा ११ को परीक्षा सुरु गरेको छ । कोराना महामारीका कारण रोकिएको परीक्षा आजदेखि सुरु भएको कलेजले जनाएको छ । सामाजिक दुरी सँगै उच्च सावधानीका बीच परीक्षा सुरु गरिएको कलेजले जनाएको छ ।

राष्ट्रीय परिक्षा बोर्डको निर्देशिका र हिसान चितवनको निर्णय अनुसार नारायणी पब्लिक कलेज चितवनले आइतबार देखि कक्षा ११ को परिक्षा संचालन गरेको हो । कक्षा ११ का ४५२ जना बिध्यार्थीहरुलाइ कलेजले बिहानी तथा दिवा सिफ्टमा कलेजको आफ्नै फुटसल ग्राउण्डमा परीक्षा लिन लागेको हो ।

संक्रमणदर तीब्र रुपमा बढिरहेको चितवनमा परीक्षा दिन पुगेका विद्यार्थीलाई मास्क र सेनिटाइजर प्रयोग गरि शरीरको तापक्रम जांच गरेर मात्र परीक्षा दिन लगाइएको थियो । कोरोना बाट बच्न र बचाउनका लागि परिक्षाहलमा प्रवेशगर्नुअघि अनिवार्य स्वास्थ्य चेकजाँचका साथै मास्कको प्रयोग गर्न लगाईएको कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक राजेश्वर खनालले बताए । हरेक दिन विद्यार्थी र शिक्षक सबैको स्वास्थ्य जाँच र सुरक्षा सामाग्री प्रयोग पछि मात्रै आफ्नै ब्यबस्थित फुटसल ग्राउण्डमा परीक्षा संचालन हुने कलेजले जानकारी गराएको छ ।

विहान ७ बजेदेखि परीक्षण संचालन गरिएको छ । परीक्षा सुरु हुनु भन्दा पहिला विद्यार्थीहरु बस्ने सिट देखि कक्षा कोठा पूर्ण रुपमा सेनिटाइज गरेर मात्रै परीक्षा हलमा विद्यार्थीलाई प्रवेश गराईएको छ । परीक्षा संचालन अवधिभर नै दैनिक सेनिटाईजर हुने कलेजले जनाएको छ । कलेजमा अध्ययनरत्त ४ सय ५२ जना विद्यार्थी परीक्षामा सहभागी भएका छन् । परीक्षा कार्तिक २७ गते सम्म संचालन हुने कलेजका कोअर्डिनेटर जनकराज घिमिरेले जानकारी दिए । वैशाख महिनामै हुनुपर्ने परीक्षा यो वर्ष कोरोना महामारीका कारण स्थगीत भएको थियो ।

 



ट्रेन्डिङ