‘छम छम बोलेको’ थारुभाषाको गीत छायांकन सकियो

चितवन । ‘छन छन बोलको…. थारु भाषाको म्यूजिक भिडियोको छायांकन चितवनको रत्ननगरमा गरिएको छ । रत्ननगर स्थित होटल स्टार ब्यान्क्यूटमा सेट बनाएर २ दिन सम्म छायांकन गरिएको थियो । गायिका अनु चौधरी र गायक आर्या चौधरीको आवाजमा रहेको गीतलाई हिरा चौधरीले निर्देशन गरेका छन् ।
बाराका विरु चौधरी र चितवनकी मुस्कान चौधरीको जोडदार अभिनय रहेको यो गीतलाई सन्तकुमार चौधरीले छायांकन गरेका हुन । कोसिष चौधरीको शव्द रहेको यो गीतलाई गणेश चौधरीले एरेन्ज गरेका छन् । ड्रिम्स स्टुडियो काठमाण्डौंमा यो गीत रेकर्ड गरिएको हो । गीतमा १२ जना स्थानीय थारु चेलीहरुलाई कोरसको रुपमा राखेर नचाईएको छ ।
यो गीतमा विक्रम चौधरी ( म्याड म्याक्स)ले ड्रोन अपरेट गरेका छन भने सहायक क्यामेरामा सन्ज चौधरीले काम गरेका छन् । अजय चौधरीले सहायक कोरियोग्राफी गरेको यो गीतले दर्शकको मन जित्न सक्ने निमार्ता निराजन थारुले बताए । यो गीतलाई निराजन थारु र सन्तोष शाहले निर्माण गर्न लागेको हो । गीतलाई दिपावलीकै अवसरमा सार्वजनिक गर्ने योजना रहेको निर्देशक हिरा चौधरीले बताए ।