(नेकपा) केन्द्रीय कमिटीको बैठक एक महिना पर सर्यो

(नेकपा) केन्द्रीय कमिटीको बैठक एक महिना पर सर्यो

काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय कमिटीको बैठक एक महिना पर सरेको छ । कोभिड १९ महामारीको प्रकोपका कारण कात्तिक १५ देखि १७ गतेसम्मका लागि तय भएको बैठक मंसिर १५ देखि १७ गतेसम्म आयोजना गरिने केन्द्रीय कार्यालयका सचिवद्वय श्रीराम ढकाल र ईश्वरी रिजालले संयुक्त विज्ञप्ती जारी गर्दै जानकारी दिनुभयो ।

भदौ २६ गतेको स्थायी कमिटी बैठकले पार्टीको आन्तरिक विवादलाई समाधान गर्दै मन्त्रिमण्डल पुनर्गठन, केन्द्रीय कमिटी बैठक र एकताको महाधिवेशन गर्ने निर्णय पारित गरेको थियो । नेकपा केन्द्रीय कमिटी सदस्य ४४७ जना छन् । नेताहरुसहित सुरक्षाफौज र बैठक व्यवस्थापन गर्न कम्तीमा तीन हजार जनशक्ति आवश्यक पर्ने र कोरोना कारण सम्भव नभएको बताइएको छ ।



ट्रेन्डिङ