सिसेल्सको राष्ट्रिपतिय निर्वाचनमा बार्भेल जोन चार्लेस रामकल्वानले विजयी

सिसेल्सको राष्ट्रिपतिय निर्वाचनमा बार्भेल जोन चार्लेस रामकल्वानले विजयी

सिसिल्स । झण्डै पाँचदशक देखि सिसेलवा जनताले सत्तामा पुयाई मुलुकको बागडोर सुम्पिदै आएको राजनीतिक पार्टी युनाईटेड सेच्यालिस ( युएस )लाई यो पटक भने हारको सामना गर्नुपरेको छ ।

सिसेल्समा यहिँ अक्टुबर २२ देखि २४ तारिखमा सम्पन्न भएको राष्ट्रिपतिको निर्वाचनमा प्रजातान्त्रिक पार्टी लिन्योन डेमोक्रेटिक सिसेल्वा ( एल डिएस ) का अध्यक्ष बार्भेल जोन चार्लेस रामकल्वानले अत्याधिक मत प्राप्त गरी विजय भएका छन् ।  ७४ हजार ६ सय ३४ मतदाता रहेको सिसेल्समा यो पटक ५६ हजार ९ सय ६८ मतदाताले मत हाले । प्राप्त मतमा झण्डै ५४ दशमलव ९ प्रतिशत मत प्राप्त गरी उनी विजयी भएका हुन ।



ट्रेन्डिङ