लालमाया गुर्सिनीको बल्ल दशैं रमाइलो हुनेभयो

लालमाया गुर्सिनीको बल्ल दशैं रमाइलो हुनेभयो
चितवन, २ कार्तिक । काेराना कहरका बीच यस वर्षकाे बडा दशैं घरघरमा भित्रिसकेकाे छ । राेगकाे संक्रमणबाट बच्न सावधानी अपनाएरै पनि पर्व मनाउने तयारी धरै परिवारले गरिरहेकाछन् । न्यून आर्थिक अवस्थाका कारण कुनै पनि पर्व नै नआए हुन्थ्याे भन्ने साेचिरहेकी भरतपुर १४ की लालमाया गुर्सिनीकाे घरमा पनि बडा दशैंले ढाेका ढक्ढकाईसकेकाे थियाे ।
तर यश पटक पर्व कसरी मनाउने भन्ने उनकाे चिन्ता लियाे क्लव अफ भरतपुर युथले भगाईदिएकाे छ । लामाे लकडाउनले समस्यामा परेका भरतपुर १४ का विपन्न परिवारमा दशैंकाे लागि राहत वितरण गर्न पुगेकाे लियाे क्लव अफ भरतपुर युथले उनकाे घरमा खुशी ल्याएकाे हाे । “खासमा हामी यस गाउंका २० परिवारलाई खाद्यान्न सहयाेग गर्न आएका थियाैं,” कार्यक्रम संयाेजक अञ्जना जाेशीले भनिन् ,”तर गुर्सिनी आमाकाे अवस्था देखेर केही त गर्नै पर्छ भन्ने लाग्याे । ” क्लवले लालमाया गुर्सिनीकाे घरकाे मुहार फेरिदिएकाे छ ।
युवाहरुले आएर माटाेकाे कच्ची घर मर्मत र लिपपाेत गरीदिएकाछन् ।घरकाे रुप नै फेरेर आँगन सरसफाई र फूल राेपिदिएपछि पछि सांच्चै नै दशैकाे सुवास फैलिएकाे अनुभूति भएकाे गुर्सिनीले बताईन् ।गुर्सिनी मेलापात गरेर जिविका टार्छिन् ।१४ वर्षकाे एक नातीकाे हेरचाहकाे जिम्मा उनैलाई छ। श्रिमान र छाेरा बितेपछि बुहारीले पनि घर छाेडेर गएकाे गुर्सिनीले बताईन् । “अहिले हामीले केही मर्मत र लिपपाेत गरेका छाैं,” कार्यक्रम संयाेजक जाेशीले भनिन् ,” अलिकति सहयाेग जुटाएर रंगराेगन र अरु काम पनि गर्ने याेजना बनिसकेकाे छ ।” क्लवले शनिबार आयाेजना गरेकाे राहत वितरण कार्यक्रममा भरतपुर १४ की कार्यवाहक वडाध्यक्ष सरस्वती पौडेल भण्डारीले काेराेना कहरका बीच युवाकाे समाज सेवा प्रतिकाे लगाव प्रशंसनिय भएकाे बताईन् ।
लायन्स क्लब अफ भरतपुर युथका अध्यक्ष सुरज पाठकले लामाे लकडाउनले विपन्न वर्गमा पारेकाे आर्थिक भार सबै मिलेर कम गर्न सकिने बताए । साे अवसरमा लियो क्लव अफ भरतपुर युथका अध्यक्ष दिपेश ज्ञवालीले आफूहरुले खाद्यान्न वितरण अभियान अन्तर्गत प्रत्येक हप्ता फरक फरक गाउंठाउंमा पुगि विपन्न वर्गलाई सहयोग गर्दै आएको जानकारी गराए ।क्लवका डाईरेक्टर प्रविण पाेखरेलले नारायणी नदी किनारमा खाना खुवाउने अभियानमा समेत क्लवकाे संलग्नता रहेकाे जानकारी गराउंदै युवाहरुमा समाजकाे नेतृत्व लिने उर्जालाई साथ दिन आग्रह गरे ।क्लवले विपन्न परिवार सहयाेग अभियान अन्तरगत यसअघि पहिलो चरणमा नारायणगढ र दोस्रो चरणमा माडीमा खद्यान्न वितरण गरिसकेकाे छ । साे अवसरमा युवाहरुकाे साेचलाई सार्थक बनाउने सहयाेगि हातहरुलाई सह काेषाध्यक्ष कृष्ण रिमालले आभार व्यक्त गरे ।


ट्रेन्डिङ