चितवन राष्ट्रिय निकुञ्जमा सडेको अवस्थामा मृत गैँडा भेटियो

चितवन राष्ट्रिय निकुञ्जमा सडेको अवस्थामा मृत गैँडा भेटियो

चितवन २७, असोज । चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी सेक्टरमा एउटा गैंडा मृत अवस्थामा फेला परेको छ । पश्चिम सेक्टर अन्तर्गतको त्रिवेणी क्षेत्रको विनयत्रिवेणी गाउँपालिका स्थित भेलौजीमा (कठौनामा) नरायणी नदिको किनारमा करिव ३०-३५ वर्षको भाले गैंडा मृत अवस्थामा फेला परेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।

खाग र खुर सुरक्षित रहेकाले उक्त गैंडा अर्को भाले गैंडासंग जुधेर घाइते भएर मरेको अनुमान गरिएको छ । मृत अवस्थामा भेटिएको गैडालाई चितवन राष्ट्रिय निकुञ्जका अधिकारीहरुको उपस्थितीमा खाडल खनेर अन्तेष्टि गरिएको छ । यो सहित यस आर्थिक वर्ष २०७७/०७८ मा ९ वटा गैंडाको मृत्यु भएको छ।

 



ट्रेन्डिङ