भरतपुर अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु

भरतपुर अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु

असोज २६ चितवन। चितवनको भरतपुर अस्पतालमा कोरोना संक्रमित बेवारिसे महिलाको मृत्यु भएको छ।

अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार मृत्यु हुनेमा ४० वर्षीया महिला हुन्। पौडेलका अनुसार आइतबार साँझ उपचारको क्रममा मृत्यु भएको हो।

असोज १५ गते ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भइ अस्पताल भर्ना भएकी उनमा असोज १९ गते कोरोना पुष्टि भएको थियो। स्वास्थ्य अवस्था जटिल हुँदै गएपछि १९ गते नै कोभिड सघन उपचार कक्षमा राखी उपचार गरिएको थियो।

 



ट्रेन्डिङ