रंगकर्मी ‘पिकेडन’ले निर्देशन गरेको थारुभाषाको म्यूजिक भिडियो सार्वजनिक ( भिडियो सहित )

रंगकर्मी ‘पिकेडन’ले निर्देशन गरेको थारुभाषाको म्यूजिक भिडियो सार्वजनिक ( भिडियो सहित )

काठमाडौं, २५ असोज। रंगकर्मी प्रदीपकुमार चौधरीले निर्देशन गरेको घुईम घुईमके ताकै बालिके….बोलेका म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । देभदत्त क्रियसन नामको यूटुब च्यानलबाट सार्वजनिक गरिएको हो । यो गीतवाट चौधरीले थारु भाषाको म्यूजिक भिडियोको निर्देशनको यात्रा सुरु गरेका छन् । यस अघि नेपाली म्यूजिक भिडियोको निर्देशन गरिसकेका चौधरीले आफ्नो मातृभषामा थप नयाँनयाँ काम गर्दै जाने बताए ।

पूर्वी नेपालको सुनसरी र सप्तरी जिल्लाका विभिन्न क्षेत्रमा छायांकन गरिएको थारु भाषाको घुईम घुईमके ताकै बालिके गीतले दर्शक स्रोताको मन जित्नेमा आशावादी छन् । यो गीतमा उनले निर्देशन मात्रै होईन, गीतको शव्दपनि आफैले लेखेका हुन । गीतमा थारु मोडल देविन चौधरी र एण्डिशा चौधरीले अभिनय गरेका छन् ।

यो गीत थारु भाषामाको सांस्कृतिक र आधुनिक फयुजन हो। गीतमा पूर्वमेची देखि पश्चिम् महाकाली सम्मका दर्शक सबैले बुझ्ने सजिलो मानक भाषाको सानो प्रयोग गरिएको निर्देशक चौधरीले जानकारी दिए । पश्चिम् कैलाली कि अन्नु चौधरी र चिववनका गायक मनोज महतोको आवाज रहेको गीतमा चितवनका सुदिप खतिवडाले संगीत भरेका छन् ।

त्यस्तै गीतमा सप्तरीका प्रसिद्ध थारु गायक बिजय चौधरीको संगीत संमयोजन रहेको छ । गीतमा श्रवन कुमार चौधरीको छायांकन र रजनीश चौधरीको कोरियोग्राफी रहेको छ । पछिल्लो पुस्ताले यिनलाई पिके डनको रुपमा चिन्ने गरेका छन् । ‘होस्टेल रिटन्स’ फिल्ममा पिके डनको भूमिका देखिएपछि उनलाई पिके डनको रुपमा चिन्न थालेका हुन ।

 

 



ट्रेन्डिङ