कोरोना संक्रमणवाट चितवनको भरतपुरमा वडा अध्यक्षको मृत्यु

कोरोना संक्रमणवाट चितवनको भरतपुरमा वडा अध्यक्षको मृत्यु

चितवन, २५ असोज । कोरोना संक्रमणवाट चितवनको भरतपुरमा वडा अध्यक्षको मृत्युभएको छ । भरतपुर महानगरपालिकाको वडा नं. २० का वडा अध्यक्ष मणिलाल तामाङको मृत्युभएको हो ।  भरतपुर अस्पतालको कोभिड आइसीयूमा राखेर उपचारको क्रममा उनको मृत्युभएको अस्पताल स्रोतले जानकारी दिएको हो । यो सँगै चितवनमा पहिलो पटक कोरोना संक्रमणबाट जनप्रतिनिधिको मृत्युभएको हो ।

अध्यक्ष तामाङ २०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट निर्वाचित भएका थिए । नेपाली काँग्रेस चितवनले असल नेता गुमाएकोमा दुख व्यक्त गरेको छ । नेपाली काँग्रेस चितवनका सभापती जितनारायण श्रेष्ठले असल जनप्रतिनिधि एवम नेता गुमाएको बताए ।



ट्रेन्डिङ