रंगकर्मी ‘पिकेडन’ म्यूजिक भिडियो निर्देशनमा

रंगकर्मी ‘पिकेडन’ म्यूजिक भिडियो निर्देशनमा

काठमाडौं,२५ असोज। रंगकर्मी प्रदीप कुमार चौधरी अबदेखि निर्देशनको पाटोलाई पनि बलियो बनाउने अभ्यासमा जुटेका छन् । अभिनय सँगै नेपाली म्यूजिक भिडियोदेखि निर्देशन यात्रा सुरु गरेका चौधरीले थारु भाषाको गीतमा समेत निर्देशन गरेका छन् । उनले निर्देशन गरेको यो पहिलो थारु भाषाको गीत हो । यसअघि केहि नेपाली म्यूजिक भिडियो निर्देशन गरिसकेका चौधरीले थारु भाषाको गीतम भने पहिलो पटक निर्देशन गरेका छन् । पूर्वी नेपालको सुनसरी र सप्तरी जिल्लाका विभिन्न क्षेत्रमा छायांकन गरिएको थारु भाषाको घुईम घुईमके ताकै बालिके ..गीत आजै सार्वजनिक हुँदैछ ।

आज बेलुकी ५ बजे यूटुब मार्फत गीत सार्वजनिक गर्न लागिएको निर्देशक प्रदीप चौधरीले जानकारी दिए । यो गीतमा उनले निर्देशन मात्रै होईन, गीतको शव्दपनि आफैले लेखेका हुन । गीतमा थारु मोडल देविन चौधरी र एण्डिशा चौधरीले अभिनय गरेका छन् ।
यसैबीच नव प्रतिभा आकृति चौधरीले पनि यसैगीत मार्फत डेब्यु गरकी छिन् ।

यो गीत थारु भाषामाको सांस्कृतिक र आधुनिक फयुजन हो। गीतमा पूर्वमेची देखि पश्चिम् महाकाली सम्मका दर्शक सबैले बुझ्ने सजिलो मानक भाषाको सानो प्रयोग गरिएको निर्देशक चौधरीले जानकारी दिए ।

पश्चिम् कैलाली कि अन्नु चौधरी र चिववनका गायक मनोज महतोको आवाज रहेको गीतमा चितवनका सुदिप खतिवडाले संगीत भरेका छन् । त्यस्तै गीतमा सप्तरीका प्रसिद्ध थारु गायक बिजय चौधरीको संगीत संमयोजन रहेको छ । गीतमा श्रवन कुमार चौधरीको छायांकन र रजनीश चौधरीको कोरियोग्राफी रहेको छ । पछिल्लो पुस्ताले यिनलाई पिके डनको रुपमा चिन्ने गरेका छन् । ‘होस्टेल रिटन्स’ फिल्ममा पिके डनको भूमिका देखिएपछि उनलाई पिके डनको रुपमा चिन्न थालेका हुन ।



ट्रेन्डिङ