बिराटनगर र धरानमा एकैदिन ५ संक्रमितको मृत्यु

बिराटनगर र धरानमा एकैदिन ५ संक्रमितको मृत्यु

बिराटनगर, २५ असोज । कोरोना संक्रमणका कारण बिराटनगर र धरानमा एकै दिन पाँच जनाको मृत्यु भएको छ । नोबेल मेडिकल कलेज बिराटनगरमा दुई र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा तीन जनाको मृत्यु भएको हो ।शनिबार राति नोबेल मेडिकल कलेजमा मृत्यु हुनेमा एक महिला र एक पुरुष छन् । सुनसरीको दुहवी नगरपालिका–३ की ४० वर्षीया महिलाको राति ११ बजे मृत्यु भएको हो ।

कलेजका प्रबन्धक नारायण दाहालका अनुसार महिलालाई २० असोजमा नोबेलमा भर्ना गरिएको थियो । स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा २१ असोजमा रिपोर्ट पोजेटिभ आएको थियो ।नोबेलमै उपचाररत सुनसरी हरिनगर–४ का ७१ वर्षीय वृद्ध पुरुषको पनि राति १०ः१५ बजे मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या भएका उनलाई उपचारका लागि असोज २१ गते अस्पताल भर्ना गरिएको थियो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप तीन जना संक्रमितको मृत्यु भएको छ ।

प्रतिष्ठानका सहप्रवक्ता डा। आशिष श्रेष्ठका अनुसार सुनसरीको धरान उपमहानगरपालिका–८ की ६२ वर्षीया वृद्धाको शनिबार राति ८ बजे, सनुसरीको दुहवीका ६५ वर्षीय वृद्धको आइतबार बिहान ३ः५० बजे र धनकुटाकी ६१ वर्षीया वृद्धा महिलाको पनि आइतबार बिहान ६ः४० बजे मृत्यु भएको छ ।

फाईल फोटो 

 



ट्रेन्डिङ