२८ दिनपछि डा. केसीले तोडे अनशन,यो पटक भएको सम्झौता कार्यान्वयन होला त ?

२८ दिनपछि डा. केसीले तोडे अनशन,यो पटक भएको सम्झौता कार्यान्वयन होला त ?

काठमाडौं, २५ असोज। मेडिकल क्षेत्रको सुधारका लागि डा. गोविन्द केसी अनसन बसेको यो पहिलो पटक होइन । यस अघि पनि पटक पटक अनसन बसे । सरकारको नेतृत्व गर्ने सबैजसो पार्टीलाई यो कुरा थाह छ । तर पनि डा. केसीको अनसन केटाकेटी खेल्नका लागि बनाइएको नियम र सम्झौता जस्तै यतिकै रमाइलोको लागि मात्रै बन्दै आएको छ । यस अघि भएका धेरै सम्झौताहरु कार्यान्वयन भएन । जसका कारण डा. केसी पटक पटक आन्दोलन स्वरुप अनसन बस्नुपर्यों । यो पटक २८ औं दिन सम्म अनसन बसें । अस्पतालको शैयामा स्वास्थ्य अवस्था विग्रीदै गएपछि सरकारले उनको माग संवोधन गर्ने फेरिपनि आश्वासन दियो र केहि सम्झौता सरकारसँग भयो । उनले जुस पिएर आफ्नो अनसन २८ औं दिनमा तोडें ।

के के भयो अनसन तोड्ने बेला ?

डा. गोविन्द केसीले १९ औं आमरण अनशन तोडेका छन् । शनिबार राति सरकारसँग ८ बुँदे सहमति भएपछि डा. केसीले २८ औं दिनमा अनशन तोडका हुन् । डा. केसीले त्रिवि शिक्षण अस्पतालका सफाइ कर्मचारी विकास नेपालीको हातबाट जुस पिएर अनसन तोडेका हुन् । ४६ वर्षीय नेपाली कोरोना संक्रमण भएर निको भएका हुन् ।

चिकित्सा शिक्षा सुधारका बिभिन्न ६ बुँदे मागहरु राख्दै डा. केसीले गत २९ भदौदेखि जुम्लाबाट १९ औं अनशन सुरु गरेका थिए । उनलाई आठौं दिनमा काठमाडौं ल्याइएको थियो । उनलाई त्रिवि शिक्षण अस्पतालको कोठा नं. ५०१ मा राखिएको थियो ।

अस्पताल परिसरमा अनशन तोडिदै गर्दा केसीका समर्थकहरुले ‘फेरि आमरण अनशन बस्न नपरोस्’ लेखिएका प्लेकार्ड बोकेर सरकारको ध्यानाकर्षण गराएका थिए । डा. केसीसँग भएका सम्झौताहरु कार्यान्वयन हुनुपर्ने र सम्झौतामा धोका हुन नहुने उनीहरुको भनाइ थियो ।



ट्रेन्डिङ