जहाँ छौं, त्यही दशैं मनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अपिल

जहाँ छौं, त्यही दशैं मनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अपिल

काठमाडौं,१८ असोज। कोरोना महामारीका बीच आइरहेको नेपालीहरुको वडा दशै नजिकै आइपुगेको छ । यो पटक वडा दशै पनि महामारीले प्रभावित बनाउने निश्चित छ । यस अघिका वर्षहरुमा दशैको बेला राजधानी देखि गाउँ फर्कीनेहरुको ओइरो लाग्थ्यो । टिकट अग्रीम बुकिङ हुन्थें । विदेशवाट समेत उतिकै मात्रामा दशै मनाउन आउनेहरुको भिड हुन्थ्यो । यो पटक सबै ठाउँमा कोरोना महामारीले छपक्कै छोपेको छ । यस्तो अवस्थामा दशैलाई भव्यताका साथ मनाउन सकिने कुरै भएन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जहाँ छौं, त्यही दशैं मनाउन अपिल गरेको छ । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढिरहेका बेला मन्त्रालयले दशैंका लागि यात्रा नगर्न आग्रह गरेको छ । साथै जनस्वास्थ्यको मापदण्डमा कडाई गर्ने र जरिवाना गर्ने गरी नयाँ प्रस्ताव पठाइएको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताए ।



ट्रेन्डिङ