चितवन मेडिकलका स्वास्थ्यकर्मीले जब विरामी महिलालाई मसाज गर्नुपर्ने भन्दै नीजि अंगमा‘हात हालेपछि…………

चितवन मेडिकलका स्वास्थ्यकर्मीले जब विरामी महिलालाई मसाज गर्नुपर्ने भन्दै नीजि अंगमा‘हात हालेपछि…………

चितवन, १५ असोज । चितवनलाई मेडिकल सिटीको रुपमा लिइन्छ । यहाँ ठूला ठूला मेडिकल कलेज देखि राम्रा राम्रो अस्पतालहरु छन् । स्वास्थ्य उपचारका लागि भारतदेखि समेत विरामीहरु चितवन पुग्ने गरेका छन् । तर कहिले काहिँ यहाँका अस्पताल तथा मेडिकलहरुमा अनेकन फण्डाहरुले बजार तताउने गरेको छ ।

कहिले घाँटीको अप्रेसन गर्नुपर्ने ठाउँमा महिलाको पाठेघरको अप्रेसन त कहिले मृगौला काण्ड । हुँदा हुँदे चितवन मेडिकल कलेजमा भएको फेरि नयाँ काण्डले बजार तातेको छ । स्वास्थ्य उपचारका लागि पुगेकी एकजना विरामीलाई स्वाथ्यकर्मीले मसाज गर्नुपर्ने भन्दै गोप्य अंगमा छोइदिएको घटनाले यतिबेला फेरि नयाँ चर्चा पाएको छ । कलेजका उक्त स्वास्थ्कर्मीले सम्बन्धित महिलाका आफन्तहरु संग खुट्टा छोएर माफि माग्नुपरेको भिडियो नै सार्वजनिक भएपछि स्वास्थ्यकर्मीहरुको हर्कत बाहिरन थालेको छ । कतिपयले ति महिलाले बाहिर ल्याएर यो सब थाहभयो, यस्ता खालका धेरै घटनाहरु भइरहेका छन, लाज र डरले कतिपयले बाहिर ल्याउन सकिरहेका छैनन भन्दै तीब्र आलोचना गर्न थालेका छन् ।

चितवन मेडिकल कलेज शिक्षण अस्पताल (सिएमसी) मा कार्यरत एक स्वास्थ्यकर्मीले विरामी माथी अत्यन्तै गलत गरेका छन् । मंगलबार घाँटीको उपचार गराउन ओपिडीमा गएकी एक महिलालाई उनले सोच्नै नसक्ने कार्य गरेको उनको परिवारले आरोप लगाएको छ ।

अस्पतालका अडियोलोजिस्ट जयलालप्रसाद यादवले मसाज गनुपर्ने भन्दै काखमा राखी नीजि अंगमा … बिरामीको आरोप छ । विरामीले त्यसको प्रतिकार गरी आफन्तलाई बताएपछि यो विषयमा अस्पतालामा छलफलसमेत भएको थियो । छलफलका क्रममा यादवले बिरामीसँग खुटा ढोगेर माफी मागेको भिडियोसमेत छ । अस्पतालका अप्रेसन म्यानेजर पारस अधिकारीले यस विषयमा अस्पतालले अध्ययन गरिरहेको बताए । ‘हामीले पीडितको कुरा सुन्यौँ,’ उनले भने, ‘थप अध्ययन गर्न बाँकी छ ।’ पीडितहरूले बिहीबार पनि अस्पतालले छलफलमा बोलाएको बताएको छ । यस विषयमा प्रहरीमा भने पीडितले उजुरी गरेका छैनन् ।



ट्रेन्डिङ