पत्रकार चौधरीको मातृ शोकमा श्रद्धान्जली कार्यक्रम सम्पन्न

पत्रकार चौधरीको मातृ शोकमा श्रद्धान्जली कार्यक्रम सम्पन्न

कपिलबस्तु, ११ असोज । थारु पत्रकार संघ नेपाल कपिलबस्तु जिल्ला शाखाका संस्थापक अध्यक्ष सिताराम चौधरीको ममतामय आमा स्व. राम जानकी चौधरीको ६ औं दिनको पुन्यतिथीको अवसरमा शनिबार एक कार्यक्रमका बीच श्रद्धान्जली सभा कार्यक्रम सम्पन्न गरिएको छ ।  शिवराज न.पा १ उमरी निवासी कपिलबस्तु जिल्लाका बरिष्ठ पत्रकार एंव थारु पत्रकार संघका जिल्ला संस्थापक अध्यक्ष चौधरीको आमा स्व. राम जानकी चौधरीको असोज ५ गतेको दिन ७१ बर्षको उमेरमा उहाँको आफ्नै निवासमा निधन भएको थियो ।

उहाँ लामो समयदेखि विरामी हुनुहुन्थ्यों । यस दुःखद् घडिमा थारु पत्रकार संघ नेपाल जिल्ला कार्य समिति कपिलबस्तु, जिल्ला कार्यसमिति रुपन्देही, थारु पत्रकार संघ नेपाल केन्द्रिय कार्यसमिति र थारु कल्यणकारिणी जिल्ला कार्यसमिति कपिलबस्तुको संयुक्त आयोजनमा श्रद्धान्जली सभा कार्यक्रम सम्पन्न गरेको छ ।

श्रद्धान्जली सभा थारु पत्रकार संघ नेपाल कपिलबस्तु जिल्ला शाखाका अध्यक्ष श्याम सि.टिको अध्यक्षता, जिल्ला रुपन्देही शाखाका अध्यक्ष राज चौधरीको संचालनमा सम्पन्न कार्यक्रममा थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य जन्जीर प्रसाद थारु, थारु पत्रकार संघ नेपालका केन्द्रीय सचिव कमल चौधरी, थारु कल्याणकारिणी सभाका कपिलबस्तु जिल्ला अध्यक्ष उमाशंकर चौधरीले बोल्दै थापसका संस्थापक जिल्ला अध्यक्ष सिताराम चौधरीको आमा स्व. राम जानकी चौधरी प्रति दुःख प्रकट गर्नुभएको थियो । श्रद्धान्जली सभा कार्यक्रममा उहाँहरुले स्वार्गीय आमाको निधनप्रति हार्दिक श्रद्धाञ्जली अपर्ण समेत गर्नुभएको थियो ।

 



ट्रेन्डिङ