प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष दाहालबीच बालुवाटारमा छलफल

प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष दाहालबीच बालुवाटारमा छलफल

काठमाडौँ, ११ असोज । प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा बिहान छलफल भइरहेको छ । छलफलको विषय के हो भन्नेबारे दुवै निकट स्रोतले थाहा नभएको बतायो । एक मन्त्रीका अनुसार मन्त्रिपरिषद् बैठक १२ बजे बोलाइएको छ ।

प्रधानमन्त्री निकट स्रोतले मन्त्री हेरफेरबारे पार्टी कमिटी (सचिवालय)ले निर्णय गरेकोले सोही अनुसार तयारी भइरहेको बतायो । प्रधानमन्त्री र अध्यक्ष दाहालले मन्त्रिपरिषद् पुनर्गठनको मापदण्डबारे छलफल यसअघिकै भेटबाट सुरु भएको जानकारी दियो । अध्यक्ष दाहालको सचिवालयले भने कसलाई मन्त्री बनाउने वा हटाउने भन्ने सूची तयार भइनसकेको जानकारी दियो ।



ट्रेन्डिङ