नमस्ते आधुनिक लघुकथा मञ्चूद्वारा मञ्जुश्री असाहाय संरक्षण केन्द्रका बालबालिकाहरूलाई सहयोग

नमस्ते आधुनिक लघुकथा मञ्चूद्वारा मञ्जुश्री असाहाय संरक्षण केन्द्रका बालबालिकाहरूलाई सहयोग

चितवन, ११ असोज । नमस्ते आधुनिक लघुकथा मञ्चूको लघुकथा साहित्य सँगसँगै मानव सेवा भन्ने कार्यक्रम अन्तर्गत मञ्चले मञ्जुश्री असहाय संरक्षण केन्द्रका बालबालिाई एकदिनको बिशिष्ट खाना खुवाउन आर्थिक सहयोग गरेको छ । केन्द्रमा रहेका २३ बालबालिकाहरूलाई एकदिनका लागि बिशिष्ट खाना खुवाउन भनेर ५ हजार पाँचसय रुपैयाँ  सहयोग गरेको हो।

संस्थाका तर्फबाट अध्यक्ष घनश्याम डल्लाकोटी, कृष्णजी शर्मा , सचिव मनोज अज्ञात , कोषाध्यक्ष सुदर्शन कँडेल , सदस्य नानी बिवु , मञ्चका कुशल वाचक लक्ष्मण भट्ट, मञ्चकी शुभचिन्तक सुदिक्षा पण्डित डल्लाकोटी तथा आरती शर्माको उपस्थिति रहेको थियो । मञ्जु असहाय संरक्षण केन्द्रूको तर्फबाट केन्द्रकी अध्यक्ष मञ्जु खाँण , केन्द्रको गण्डकी प्रदेश संयोजक संगीता सुवेदी, २३ बालबालिकाहरू तथा केन्द्रका सहयोगीहरूको उपस्थिति रहेको थियो ।
सहयोग हस्तान्तरण कार्यक्रममा उद्घोषणको भूमिका यसै मञ्चका सचिव तथा शेफर्ड एफ एमबाट मनको मझेरी लघुकथा वाचन कार्यक्रमका उत्पादक , कुशल वाचक तथा टुकी उपन्यासका कृतिकार मनोज अज्ञात र नमस्ते सुन्ने लघुकथाका वाचक लक्ष्मण भट्टले गर्नु भएको थियो ।

लक्ष्मण भट्टले बालबालिका बिषयक ११ लघुकथाहरू वाचन गरेर बालबालिकाहरूलाई सुनाउनु पनि भएको थियो । लघुकथा साहित्य सँगसँगै मानव सेवा कार्यक्रम नमस्ते आधुनिक लघुकथा मञ्चका अध्यक्षको सभापतित्वमा आयोजना गरिएको हो । मञ्जुश्री असहाय संरक्षण केन्द्रूकी प्रमुख श्री मञ्जु खाँण प्रमुख अतिथि हुनुहुन्थ्यो भने केन्द्रकी, गण्डकी प्रदेश संयोजक संगिता सुवेदी अतिथि हुनुहुन्थ्यो । लघुकथा सँगसँगै मानव सेवा कार्यक्रममा मञ्चका अध्यक्ष घनश्याम डल्लाकोटी,कृष्णजी शर्माले स्वागत मन्तव्य राख्नु भएको थियो । अनाथ र असहाय बालबालिकाहरू र मानवहरूको लागि साहित्य, पहुँच भन्दा पर छ । उहाँहरूलाई मञ्चले सकेको सानोतिनो भरथेग गर्न लघुकथा सँगसँगै मानव सेवाु कार्यक्रम लिएर हामी तपाईंहरूका बीच आएका हौँ , मानविय जिम्मेवारी पनि वोध गरेका हौँ ।

आगामी दिनमा पनि, जन्मोत्सव र पुण्य कार्यहरूबाट संकलित रकम, मञ्चले विभिन्न ठाउँमा विपन्न र असहाय मानवहरूलाई सहयोग गर्दै जानेछ । मञ्चले विभिन्न असहाय संरक्षण केन्द्रहरू, आश्रमहरू र मानवहरूसँग सहयोगी हातहरूलाई जोड्ने साँघुको काम पनि गर्नेछ । मञ्चले आगामी शनिवार , असोज १७ गते , देवघाटको रोटरी कल्याण वृद्धाश्रममा रहेका ३८ वृद्ध वृद्धाहरूका साथै आश्रम बाहिर रहेका करिब ५० ६० असहाय र भोकाहरूलाई पनि विशिष्ट खाना खुवाउन दस हजार रुपैयाँ सहयोग मञ्चका अध्यक्षले जानकारी दिनुभयो ।

मञ्चका अध्यक्षको छोटो स्वागत मन्तव्य पश्चात, उहाँले मञ्जुश्री असहाय संरक्षण केन्द्रूकी अध्यक्ष मञ्जु खाँणलाई सहयोग रकम हस्तान्तरण गर्नु भएको थियो । मञ्चकी सञ्चालक समिति सदस्य तथा उपन्यासकार नानी बिवुले आफूद्वारा लिखित ूअनुक्रोशू उपन्यासको दुई पुस्तकहरू हस्तान्तरण गर्नु भएको थियो । अनुक्रोश उपन्यासमा , अनाथ , असहाय र बाबुआमाले अलपत्र छोडेका बाबुनानीहरूकै कष्टपूर्ण जीवन समेटिएको छ । न्यूनदृष्टि भएकी नानी बिवुले मोवाइलमा नै तयार पारेको यस उपन्यासमा अभिभावकत्व गुमाएर अनाथ बेसहारा हुन पुगेका बालबालिकाको मनोविज्ञानलाई प्रस्तुत गर्ने प्रयास गरिएको छ ।

बालबालिका अनाथ हुनु, सडकमा आइपुग्नुका विविध कारणहरु, त्यहाँ उनीहरुको जीवन, दुःख, संघर्ष, सडक बालबालिकालाई आम मानिसले हेर्ने दृष्टिकोण, उनीहरुसँग गर्ने व्यवहार, उनीहरुले आम मानिसबाट के चाहेका छन् र आम मानिसहरुले के दिएका छन् ? र मानिसहरुको व्यवहारले ती कलिला बालमस्तिस्कमा कस्तो असर पारेको छ? भन्ने कुराहरु र बालमनोविज्ञानलाई कुशलतापूर्वक प्रस्तुत गर्दै समाजको विकृति, विसङ्गति , व्यथिति मानिसको सङ्कीर्ण सोच तिनले निम्त्याएको बिकराल परिस्थितिमाथि आफ्नो कलमद्वारा तिखो वाण प्रहार गर्नुभएको छ ।

मञ्जुश्री असहाय संरक्षण केन्द्रूकी अध्यक्ष तथा कार्यक्रमकी प्रमुख अतिथि मञ्जु खाँणले आफ्नो धन्यवाद मन्तव्यमा भन्नूु भएको थियो , साहित्यमा लागेका मान्छेहरू सहयोग गर्न आउनु अत्यन्त प्रशंसनिय र प्रेरणादायी कुरा हो । उहाँले नमस्ते आधुनिक लघुकथा मञ्च र यसका सञ्चालक समिति , अभिभावक तथा सल्लाहकारहरूलाई धन्यवाद व्यक्त गर्नु भएको थियो । कार्यक्रम करिब डेढ घण्टा चलेको थियो ।



ट्रेन्डिङ