मन्त्रिपरिषदको बैठक आज बस्दै

मन्त्रिपरिषदको बैठक आज बस्दै

काठमाडौं, ११ असोज । मन्त्रिपरिषदको बैठक आज बस्दै छ । बैठक मध्याह्न १२ बजे बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । मन्त्रिपरिषदको नियमित बैठक सामान्यतया सोमबार र बिहीबार बस्ने गर्दछ । तर प्रधानमन्त्री ओलीले आइतबार नै बैठक बोलाएका छन् ।

 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले आजको बैठक पनि नियमितजस्तै भएको बताए ।



ट्रेन्डिङ