गुल्मीमा पहिरोमा पुरिएर २ जनाको मृत्यु, एकजना घाइते

गुल्मीमा पहिरोमा पुरिएर २ जनाको मृत्यु, एकजना घाइते

गुल्मी,६ असोज । गुल्मीमा पहिरोमा पुरिएर २ जनाको मृत्यु भएको छ । मृत्युहुने दुवै पैदलयात्री हुन । पहिरोले एकजना घाइते भएका छन् । इस्मा गाउँपालिका वडा नम्बर–२ रातचौरमा बाटोमाथिबाट खसेको पहिरोमा परेर ३९ वर्षका प्रेमबहादुर कुमाल र सोही ठाउँका ५ वर्षका सफल कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।

 

पहिरोमा ६० वर्षका तिलक कुमाल घाइते भएका छन् । घाइतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । उनीहरु सोमबार साँझ आफन्तको घरमा पुजामा सहभागी भएर फर्किँदै थिए । फर्कीने क्रममा बाटोमाथिबाट खसेको पहिरोमा उनीहरु परेका थिए । घाइते तिलकको सोमबार राति नै उद्धार गरिएको भएपनि दुई जनाको भने मंगलबार बिहान शव नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले शव फेला पारेको गुल्मीका सशस्त्र प्रहरी नायव उपरीक्षक अशोक कुमार लम्सालले जानकारी दिए ।

पहिरोबाट निकालिएका शवलाई पोष्ट मार्टमको लागि गुल्मी अस्पताल लगिएको उनले बताए ।



ट्रेन्डिङ