क्यानका पदाधिकारीद्धारा भरतपुरमा निर्माणाधिन रंगशालाको निरीक्षण

क्यानका पदाधिकारीद्धारा भरतपुरमा निर्माणाधिन रंगशालाको निरीक्षण

चितवन, ६ असोज । काठमाण्डौं उपत्यका बाहिर पहिलो पटक नियमित बैठक बस्न चितवन पुगेको नेपाल क्रिकेट संघका केन्द्रीय पदाधिकारीहरुले भरतपुमा निर्माणाधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको निरीक्षण गरेका छन् । संघका केन्द्रीय सचिव अशोकनाथ प्याकुरेल, कोषाध्यक्ष रोशनसिंह लगायतका पदाधिकारीले निर्माण हुँदै गरेको रंगशालाको निरीक्षण गरेका हुन ।

नेपाल क्रिकेट संघ बागमती प्रदेशका कोषाध्यक्ष अनिल अधिकारीका अनुसार रंगशाला निर्माणका लागि नेपाल क्रिकेट संघ ( क्यान )ले सबैखालको सहयोग गर्न तयार छन् ।  निरीक्षण पश्चात निर्माणमा खटिएका अभियन्ताहरुसँग बोल्दै संघका पदाधिकारीहरुले निर्माणको काम देखि यहाँका अन्य व्यवस्थापनको काममा आफुहरुले सहयोग गर्ने प्रतिवद्धता जनाएको नेपाल क्रिकेट संघ बागमती प्रदेशका कोषाध्यक्ष अधिकारीले बताए ।   हातेमालो गरेर अगाडी बढ्न केन्द्रीय पदाधिकारी तयार छन- उनले भने ।

निर्माण भइरहेको मैदानमा केहि घरेलु खेलहरुको आयोजना गरिने  क्यानका केन्द्रीय पदाधिकारीहरुले बताए । रंगशालाको नमुना खेल मैदानमा तत्कालै केहि घरेलु खेलहरुको आयोजना सँगै प्रशिक्षण क्याम्प संचालन गरिने योजना सुनाए । यो पनि छिट्टै सुरु हुनेछ -उनीहरुले भने । -‘ यसका लागि यहाँका व्यवस्थापनसँग हातेमालो गरेर अगाडी बढ्छौं ’ उनीहरुले भने ।



ट्रेन्डिङ