यतीले सुरु गर्याे आन्तरिक उडान

यतीले सुरु गर्याे आन्तरिक उडान

भरतपुर, ६ असोज । चितवनको भरतपुर विमानस्थलमा ६ महिना पछि आन्तरिक उडान सुरु भएको छ । कोरोना संक्रमणको जोखिम कम गर्न देशव्यापी आह्वान गरिएको लकडाउन लगत्तैे हवाई सेवा बन्द भएको थियो ।
सोमबारबाट यती एअरलाइन्सले आफ्नो सेवा सुचालु गरेसंगै चितवनमा ६ महिनापछि नियमित उडान भएको हो ।

सोमबार बिहान ९ः३० बजे चितवन अवतरण गरेको हवाइजहाजमा काठमाण्डौबाट १० यात्रु चितवन आएकाछन् । सिनियर पाइलट सबिनबाबु मल्ल र अञ्जु खतिवडा चितवनबाट २१ जना यात्रु लिएर काठमाण्डौं फर्किए ।एअरलाइन्सले दैनिक दुई वटा उडान भर्ने गरी सेवा सुरु गरेको स्टेसन म्यानेजर अनुप ढकालले जानकारी दिए । हाल कोरोना संक्रमणको जोखिम कम नभएपनि स्वास्थ्य सर्तकता अपनाउँदै जनजीवनलाई सहज बनाउन सेवा सुरु गरीएको उनी बताउँछन ।

यात्रुहरुलाई दुई घण्टा अघि नै विमानस्थलमा बोलाई स्वास्थ्य जाँच गरेर मात्र पठाउने व्यवस्था गरिएको छ । जहाज भित्र फेस मास्क र सिल्ड अनिवार्य गरिएको छ । अहिलेको सेवा नाफाकेन्द्रित होइन ,ढकालले भने ,अत्यावश्यक यात्रामा सहजता ल्याउन पनि आन्तरिक उडान आवश्यक महसुस गरेका छौं ।



ट्रेन्डिङ