क्यानको नियमित बैठक चितवनमा सुरु

क्यानको नियमित बैठक चितवनमा सुरु

चितवन, ७ असोज । लामो समय पछि नेपाल क्रिकेट संघ (क्यान)को नियमित बैठक आज चितवनमा सुरुभएको छ । लकडाउन खुकुलो भएपछि पहिलोपटक बोर्ड बैठक चितवनमा बसेको हो ।

यसपटकको बैठकमा सरकारले अनुमित दिएको खण्डमा प्रशिक्षण कार्यक्रमलाई कसरी अघि बढाउने र हाल सम्म भएका कार्य प्रगतिको समिक्षा र नयाँ योजनाहरु बनाइने संघका अध्यक्ष चतुरबहादुर चन्दले बताए । क्यानको समिक्षा सँगै भावी योजनालाई कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा नै छलफल भइरहेको अध्यक्ष चन्दले जानकारी दिए । काठमाण्डौं उपत्यका बाहिर पहिलो पटक क्यानको बैठक चितवनमा बसेको हो ।

 

कोरोना कहरपछि क्यानको यसरी बैठक बस्न सकेको थिएन । बैठकका लागि पदाधिकारी तथा सदस्यहरु चितवन आएका छन ।



ट्रेन्डिङ