पहिरो अपडेटः चार जनाको शव फेला, २६ बेपत्ता

पहिरो अपडेटः चार जनाको शव फेला, २६ बेपत्ता

सिन्धुपाल्चोक, २८ भदौं । सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका- ७, घुम्थाङको नागपुजेमा पहिरोमा पुरिएका चार जनाको शव फेला परेको छ ।

उद्धारका लागि खटिएका नगरप्रमुख निमफुन्जो शेर्पाले चार जनाको शव भेटिएको बताए । ‘चार जनाको शव भेटिएको छ । २६ जना बेपत्ता हुनुभएको छ । स्क्याभेटरको सहयोगले बेपत्ताको खोजी गरिरहेका छौँ,’ उनले भने ।

उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी घटनास्थलमा पुगिसकेको छ ।



ट्रेन्डिङ