आफ्नो जन्म दिनको अवसरमा मृगौला रोगीलाई आर्थिक सहयोग

आफ्नो जन्म दिनको अवसरमा मृगौला रोगीलाई आर्थिक सहयोग

चितवन, २६ भदौं । महिला अधिकारकर्मी प्रवित्रा लामाले आफ्नो जन्म दिनको अवसरमा मृगौला रोगी नानुमैया तामाङलाई आर्थिक सहयोग गरेको छ ।

राप्ती नगरपालिकाको वडा नं. ७ घर भएकी नानुमैया तामाङ विगत ८ वर्षदेखि विरामी छिन् । उनको दुवै मृगौला फेल भएकाले आर्थिक अभावका बीच स्वास्थ्य उपचार गराईरहेकी छिन् । अधिकारकर्मी लामाले आफ्नो जन्मदिनको अवसर पारेर विरामी तामाङको घरमै पुगेर नगद ५ हजार रुपैयाँ आर्थिक सहयोग गरेकी हुन । हप्तामा दुईपटक सम्म डायलासिस गर्न जानुपर्ने बाध्यता रहेको नानुमैयालाई थोरै बाटो खर्चका लागि सहयोग पुग्ने भन्दै उनले आर्थिक सहयोग दिएकी हुन ।

नानुमैयाको ७ वर्षको एकजना छोरी छिन् । श्रीमति विरामी भएपछि नानुमैयाका श्रीमान घर छाडेर वेपत्ता भएको पनि धेरै भयो । अहिले उनी माइतीमा आश्रय लिएर स्वास्थ्य उपचार गराईरहकी छिन् । राप्ती नगरपालिकाका उपमेयर इनानसिंह लामाले उनको बारेमा फेसबुकमा फोटो राखेपछि अधिकारकर्मी पवित्राले थाहपाएर सो ठाउँमा पुगेकी हुन ।



ट्रेन्डिङ