चितवनमा उपचाररत्त कोरोना संक्रमित वृद्धा मृत्यु

चितवनमा उपचाररत्त कोरोना संक्रमित वृद्धा मृत्यु

चितवन, २६ भदौं । पुरानो मेडिकल कलेजमा उपचाररत एक वृद्धाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–२ की ७८ वर्षीया महिला रहेकी छन् ।

दमको समस्याले यही भदौ २३ गते अस्पतालमा भर्ना भएकी उनको २४ गते दिउँसो उपचारका क्रममा कोभिड सघन उपचार कक्षमा मृत्यु भएको थियो । मृत्युपछि आज बिहान आएको पिसिआर नतिजामा उनमा कोरोना सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । योसँगै जिल्लाका अस्पतालमा उपचारको क्रममा मृत्यु हुनेको सङ्ख्या २५ पुगेको छ ।

एक वृद्धाको घरमानै मृत्यु भएको थियो । चितवनका १४, मकवानपुरका पाँच, नवलपरासी सुस्ता पूर्वका तीन, बारा, गोर्खा र कैलालीका एकरएक जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो ।



ट्रेन्डिङ