पानीमा डुबेर दुईको मृत्यु

पानीमा डुबेर दुईको मृत्यु

सिरहा २६ भदौ। सिरहामा एकैदिन खोला र दहमा डुबेर दुईजनाको मृत्यु भएको छ । सिरहाको छुट्टाछुटै स्थानमा खोला र दहमा डुबेर हिजो एकै दिन एक बालकसहित दुई जनाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार सिरहाको अर्नामा गाउँपालिका–३ मैनाबत्ती खोलाको पानीमा डुबेर स्थानीय  १० वर्षीय बालक चन्दन महतोको मृत्यु भएको हो ।

नुहाउने क्रममा डुबेर सिकिस्त भएका बालकलाई उपचारका लागि स्थानीय क्लिनिकमा ल्याइएको र उपचारका क्रममा गए राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै मिर्चैया नगरपालिका–९ स्थित कमलदहमा डुबेको अवस्थामा एक युवतीको शव फेला परेको छ ।

तत्काल सनाखत हुन नसकेको अन्दाजी २२ वर्षीया ती युवतीको शव दहको पानीमा डुबेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।



ट्रेन्डिङ