अर्थ-विजनेस
तोलाको ६ सयले बढ्यो सुनको मूल्य, चाँदी ५ रुपैयाँ महँगियो

काठमाडौं, २४ भदौं । सुनको मूल्य तोलाको ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार ९५ हजार ८ सय रुपैयाँमा किनबेच भएको छापावाल सुनको मूल्य बुधबार ९६ हजार ४ सय रुपैयाँ कायम गरिएको हो ।
यस्तै तेजाबी सुनको मूल्य पनि ६ सयले नै बढेर ९५ हजार ९ सय रुपैयाँ कायम भएको छ । चाँदी हिजोभन्दा ५ रुपैयाँ महँगिएको छ । नेपाली बजारमा आज चाँदीको भाउ १३ सय १५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।