बलिउड अभिनेता सुशान्त प्रकरणः बलिउड अभिनेत्री रिया चक्रवर्ती पक्राउ

बलिउड अभिनेता सुशान्त प्रकरणः बलिउड अभिनेत्री रिया चक्रवर्ती पक्राउ

एजेन्सी-
काठमाण्डौं, २३ भदौं । लागू औषध काण्डमा बलिउड अभिनेत्री रिया चक्रवर्तीलाई नारकोटिक्स कन्ट्रोल ब्युरो ( एनसीबी) ले पक्राउ गरेको छ । उनको केहीबेरमा कोरोना र अन्य मेडिकल परीक्षण गरेर भिडियो कन्फ्रेन्सिङका माध्यमबाट म्याद थप गर्न अनुमति मागिनेछ ।

रियासँग एनसीबीले आज तेस्रो दिन सोधपुछ गरेको थियो । उनी आफैले लागू औषध लिएको स्वीकार नगरेपछि मदिरा र चुरोट सेवन गरेको स्वीकार गरेकी छन् । उनले आफूले त्यो सबै सुशान्तका लागि गरेको पनि बताएकी छन् ।

रियाको बयानका आधारमा बान्द्रा प्रहरीले सोमबार सुशान्तकी बहिनी प्रियंका सिंह र दिल्लीको राम मनोहर लोहिया अस्पतालका डाक्टर तरुण कुमार समेत केही व्यक्तिविरुद्ध एफआईआर दर्ज गरेको थियो ।

सुशान्तलाईलाई आत्महत्याका लागि उक्साउने, धोखाधढी र आपराधिक षडयन्त्रको आरोपमा उजुरी दर्ता गरिएको छ ।

 



ट्रेन्डिङ