अब बैंकले घर र गाडी कर्जाको ब्याजदर बढाउन नपाउने

अब बैंकले घर र गाडी कर्जाको ब्याजदर बढाउन नपाउने

काठमाडौं, २३ भदौं। बैंकवाट ऋण लिएर घर वा गाडी किनेकाहरुका लागि खुशीको खबर छ । अब देखि घर र गाडी खरिदका लागि बैंकबाट लिएको ऋणमा ब्याजदर बढाउन नपाउने भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार बैंक तथा वित्तीय संस्थाका लागि एकीकृत निर्देशन जारी गर्दै घर र गाडी खरिदका लागि दिएको कर्जामा ब्याजदर घटबढ नगर्न निर्देशन दिएको हो ।

बैंकहरुले हालसम्म आधारदर (बेस रेट ) घटबढ हुनेवित्तिकै ऋणको व्याजदर पनि घटाउनेरबढाउने गर्दै आएका थिए । बैंकको खर्च तथा जोखिमको केही प्रतिशतसमेत जोडेर बेस रेट निर्धारण गरिन्छ । बेस रेट बढेसँगै बैंकहरुले तत्कालै ब्याजदर बढाइहाल्थे ।



ट्रेन्डिङ