चितवन अपडेटः कोरोना संक्रमितको संख्या हजार नाघ्यो

चितवन अपडेटः कोरोना संक्रमितको संख्या हजार नाघ्यो

चितवन, २२ भदौं । चितवनमा कोरोना भाइरसबाट संक्रमित हुनेहरूको संख्या एक हजार पार भएको छ । चितवन स्वास्थ्य कार्यालयले आइतबार दिउँसो सार्वजनि गरेको विवरणमा जिल्लामा संक्रमितको संख्या ९ सय ८६ थियो ।

साँझ चितवन मेडिकल कलेजले गरेको परीक्षणमा चितवनका १९ सहित कुल ३० जनामा संक्रमण देखिएको थियो । सोमबार बिहान भरतपुर अस्पतालको प्रयोगशालाले सार्वजनिक गरेको विवरणमा चितवनका ३३ सहित ४३ जनामा संक्रमण देखिएको छ ।

दुवै प्रयोगशालामा थपिएको नतिजाअनुसार चितवनमा संक्रमितको संख्या १ हजार ३८ पुगेको छ । स्वास्थ्य कार्यालयको विवरणमा हिजो दिउँसोसम्म चितवनमा निको हुनेको संख्या १ सय ८० मात्रै छ । संक्रमितमध्ये २ सय ५५ जना ‘होम आइसोलेसन’मा छन् । कोरोनाले चितवनमा १२ जनाको निधन भइसकेको छ ।

चितवनमा भदौयता संक्रमण तीव्र भए पनि निको हुने दर कम छ । साउन मसान्तसम्म संक्रमितको संख्या २ सय ९ थियो । आधाभन्दा धेरै संक्रमित भरतपुर महानगरपालिकामा छन् । महानगरमा ६ सय ७९ जना संक्रमित छन् ।



ट्रेन्डिङ