पुल्चोक झडपका क्रममा पक्राउ परेका ६ जनामा कोरोना

पुल्चोक झडपका क्रममा पक्राउ परेका ६ जनामा कोरोना

ललितपुर, २२ भदौं । ललितपुरको पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा झडप हुँदा पक्राउ परेकामध्ये ६ जनामा कोरोना भाइरस ( कोभिड- १९) संक्रमण पुष्टि भएको छ । उपत्यकामा कोरोना संक्रमण न्यून गर्न प्रशासनले लागू गरेको निषेधाज्ञा उल्लंघन गर्दै ललितपुरको पुल्चोकमा स्थानीय युवाले रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा प्रहरीसँग झडप भएको थियो।

सोही झडपका क्रममा पक्राउ परेका मध्ये ६ जनालाई कोरोना संक्रमण पुष्टि भएको ललितपुर प्रहरीले जानकारी दिएको छ । पक्राउ परेका ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता तथा डीएसपी सन्तोष तामाङले जानकारी दिए ।

उनले भने पक्राउ परेकालाई हाँजिरी जमानीमा छोडेको बताए ।  आज आएको रिपोर्टमा ६ जनामा संक्रमण देखिएको छ, उनीहरूलाई हाँजिरी जमानीमा छोडिएको छु उनले भने ।



ट्रेन्डिङ